हुम्लामा जिप दुर्घटना हुँदा एक महिलासहित चारको मृत्यु


हुम्लामा जिप दुर्घटना हुँदा एक महिलासहित चारको मृत्यु

नेपालगन्ज : हुम्लाको सिमकोटमा जिप दुर्घटना हुदाँ एक महिला सहित ४ जनाको घटना स्थलमै मृत्यु भएकोछ । भने अन्य ७ जना घाईते भएकाछन् । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर–७ डाँडाफयाको जबुका नजिकै शुक्रवार राती लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।

कर्णाली करिडोरको सिमकोट–हेक्पा खोला खण्डमा पर्ने उक्त कच्ची सडकमा जिप दुर्घटना भएको थियो । दुर्घटनामा एक बच्चासहित सातजना घाइते भएको प्रहरीले जनाएकोछ । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको थियो ।

जिप दुर्घटनामा मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नम्बर– २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुःखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकोछ ।

यसैगरी घाईते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिंघम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाईते भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र एक वर्षका बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्दार गरेका थिए । रातको समय भएकाले उद्दारमा केही समस्या भएको थियो ।