‘सम्मानका साथ अवकाश लिन्छौं’

नेपालगन्जका २३ स्वयमसेविका सम्मानित


‘सम्मानका साथ अवकाश लिन्छौं’

नेपालगन्ज : बाँकेमा स्वयसेविका दिवस मनाइएकोछ । कोरोना भाइरस संक्रमणकाबीच १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस नेपालगन्जमा मनाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाले दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा नगरका २३ जना स्वयमसेविकालाई सम्मान गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले स्वयमसेविकाहरुलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका नगर समितिका अध्यक्ष मनकुमारी सिलवाल, अगुवा महिला स्वयमसेविका नारायणी रुपाखेती लगायतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि आफुहरुको महत्वपूर्ण भूमिका भएपनि सेवा सुविधा र प्रोत्साहन नपाउँदा दुःख लाग्ने गरेको बताए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणमा स्वयमसेविकाहरुले समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुले ६० वर्ष कटेका महिला स्वयमसेविकालाई २० हजार रुपैयाँ दिएर अवकास दिने सरकारको तयारीप्रति आक्रोस पोखेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

गर्भवती भएदेखि पाँच वर्षसम्मका बालबालिकाको निगरानी स्वयसेविकाहरुले गरेकाले नेपालको मातृ शिशु मृतयुदर घट्नमा ठूलो भूमिका खेल्नेहरुलाई सरकारले उपेक्षा गरेको अग्रज स्वयमसेविका नारायणी रुपाखेतीले बताइन् ।
कोरोना कहरका बेला माक्स र स्यानिटाइजर समेत नपाई स्वास्थ्य जस्तो गम्भीर क्षेत्रमा आफ्नो ज्यान दाउमा राखेर काम गर्दै आएका स्वयसेविकाको योगदानको मूल्याँकन गर्दै कम्तिमा प्रति ब्यक्ति दुई लाखरुपैयाँ उपदान दिनुपर्ने नगर अध्यक्ष मनकुमारी सिलवालले बताइन् ।

सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले स्वयमसेविकाहरुले नगरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुको सेवा, सुविधा विस्तार तथा सम्मानका लागि आफुहरु प्रयासरत रहेको बताइन् ।

दिवसका अवसरमा आयोजित सोही कार्यक्रममा बी–ग्रुप बाँकेले स्वयमसेविका लागि एकलाख ९७ हजार मूल्यको माक्स, स्यानिटाइजर लगायतका ब्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेको थियो ।