बाँकेका २३ सहित थप ३९ जनामा कोरोना


बाँकेका २३ सहित थप ३९ जनामा कोरोना

नेपालगन्ज : बाँकेका २३ सहित थप ३९ जनामा कोरोना पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

अस्पतालको प्रयोगशालाले शनिबार दिउँसो ३ बजे जारी गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

शनिबार थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै बाँकेका २३ जना, बर्दियाका १५ जना र जुम्लाका १ जना रहेका छन् ।

प्रयोगशालाका अनुसार शनिबारसम्म भेरीको ल्याबमा ५० हजार ३४७ जनाको कोरोना परीक्षण गरीएको छ । जसमध्ये ४ हजार ६५३ जनामा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।