देशभर १४ हजार २५५ सक्रिय संक्रमित


देशभर १४ हजार २५५ सक्रिय संक्रमित

नेपालगन्ज : पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ हजार ७४ जनाको कोरोना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुष संक्रमित भएकाछन् ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन् । हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ ।

हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५३६ जना रहेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

यसबीच शनिबार देशभरबाट २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।