पाँच वटा ट्रकमा राखिएको १२१ गोरु सहित पाँच जना प्रहरीको नियन्त्रणमा


पाँच वटा ट्रकमा राखिएको १२१ गोरु सहित पाँच जना प्रहरीको नियन्त्रणमा

File Photo

नेपालगन्ज : पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा पाँच वटा ट्रकमा राखिएको १ सय २१ वटा गोरु सहित पाँच जनालाई नियन्त्रणमा लिइएकोछ । बुटवलमा प्रहरीले गोरु ओसारपसार गरिरहेका पाँचवटा ट्रकलाई अस्पताल लाईनबाट नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा ना ५ ख ५६५५, ना ८ ख ७३०२, ना ६ ख ५७१२, ना ५ ख ७५३९ र नम्बरको ट्रक चेक जाँच गर्दा गोरु लोड गरि लिएर आएको र कागजात समेत शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार गोरु ओसारपसारमै संलग्न भएको आरोपमा पाँचजनालाई पक्राउ गरिएको छ । प्रहरीद्वारा पक्राउ गरिएकाहरुमा बारा निजगढका ३६ वर्षीय गणेश पौड्ल, ५२ वर्षीय शम्भु भट्टराई, ३२ वर्षीय नवराज कार्की, बाराकै जितपुर सिमराका ३८ वर्षीय तिलकबहादुर जिम्बा र मकवानपुर हेटौँडाका लक्ष्मण दनै रहेका छन् ।

बुटवल प्रहरीले नियन्त्रणमा लिएको ट्रक र ट्रकमा रहेका गोरुहरुलाई पशु क्वारेन्टाइन भैरहवा पठाइएको छ भने पक्राउ परेका पाँच जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।