बर्दिया : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दियाले गुलरियाका दुई वटा सामुदायिक विद्यालयलाई सामाग्री हस्तान्तरण गरेकोछ ।
युनिसेफको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी केन्द्रियकार्यालयले बर्दिया स्थित आफ्नो शाखा कार्यालयमार्फत उक्र सामाग्री हस्तान्तरण गरेको हो ।
कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत गुलरियाका क्यावरेन्टिन बनाइएका दुई वटा सामुदायिक विद्यालयलाई वास सामाग्री हस्तान्तरण गरिएको नेरेसो शाखा बर्दियाका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए ।
लामो समय देखि क्वारेन्टिनको रुपमा प्रयोगमा आएको गुलरिया नगरपालिका वडा नम्बर–४ को कोटही मावि र गुलरिया नगरपालिका वडा नम्बर–६ को बङ्गलामुखि राधाकृष्ण थारु माविलाई सहयोग गरिएको हो ।
सहयोग स्वरुप विद्यालयको आवश्यकता अनुसार कोटही माविमा शौचालय तथा बङ्गलामुखि विद्यालयमा शुद्ध पीउने पानिका लागी कञ्चन फिल्टर प्रदान गरिएकोछ ।
दुबै विद्यालयलाई २ लाख ५० हजार रुपैयाँका दरले ५ लाख रुपैयाँ र एक लाख २५ हजार रुपैयाँको वास सामाग्री विद्यालयमा हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दियाका कार्यलय प्रमुख हरी केसीले जानकारी दिए ।
वास सामाग्री हस्तान्तरण कार्यक्रममा कोटही माविका प्रध्यानाध्यापक ज्ञानेन्द्र रावल तथा बङ्गलामुखि माविका प्रध्यानाध्यापक भेजेन्द्रबहादुर थापाले प्राप्त सहयोगले कोरोना भाइरस संक्रमणको जोखिममा विद्यालयलाई थप सहयोग पुग्ने बताए ।