बर्दिया : गुलरिया नगरपालिका वडा नम्बर १, कमलपुरमा रहेको त्रिशक्ति माविलाई कम्प्युटर तथा प्रोजेक्टर प्रदान गरिएकोछ ।
विद्यालयलमा विद्यार्थीहरुलाई प्रोजेक्ट मार्फत शिक्षण सिकाईमा सरल र सहजताका लागी भन्दै गुलरिया नगरपालिकाको १ नम्बर वडा कार्यालयले ६ थान कम्प्युटर तथा एउटा प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरेको हो ।
वडाध्यक्ष प्रतापकुमार गौतमले विद्यालयका प्रअ मणिराम धमलालाई एक कार्यक्रमकाबीच ४ लाख मूल्य बराबरको ६ थान कम्प्युटर र एउटा प्रोजेक्टर हस्तान्तरण गरेका हुन् । सोही अवसरमा विद्यालयमा वाईफाई समेत जडान गरिएकोछ ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष गौतमले कम्प्युटर र प्रोजेक्टरको सहयोगमा शिक्षण विधिमा सहज हुनुका साथै बालबालिकाको सिकाईमा सरल र सहज हुने विश्वास ब्यक्त गरे ।
उनले वडा कार्यालयबाट प्रदान गरिएको उक्त कम्प्युटर, प्रोजेक्टर र वाईफाईको सहीरुपमा सदुपयोग गर्नुपर्ने भन्दै आगमी दिनमा समेत विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
यस्तै विद्यालयका प्रअ मणिरामले विद्यालयमा वाईफाई जडानसगैं प्राप्त कम्प्युटर र प्रयोजेक्टरले विद्यार्थीसगैं शिक्षकहरुको कार्यक्षमता बृद्धिमा सहयोग पुग्ने विश्वास दिलाए ।
उनले भने–‘प्रविधिमैत्री विद्यालय निर्माण योजनालाई यसले थप टेवा पुर्याएकोछ । ईन्टरनेट र कम्प्युटरको सहयोगले सक्रिय शिक्षण सिकाईमा मददत हुनेछ ।’