शिक्षकको हत्यामा संलग्नलाई कारबाहिको माग


शिक्षकको हत्यामा संलग्नलाई कारबाहिको माग

गुलरिया : एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दियाले शिक्षक हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । मोरङ मिक्लाजुङ गाउँपालिका–१, स्थित सररस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको मंसिर २३ गते हत्या गरिएको थियो ।

आफुलाई विप्लप समुहका कार्यकर्ता बताउने आततायी समुहद्वारा कथित सुराकीको आरोपमा गरेको हत्याको विरोध गर्दै उनको हत्यामा संलग्नहरुलाई कारबाही संगठनले माग गरेको हो ।

संगठनले शिक्षक हत्यामा संलग्नलाई पहिचान गरि कानूनी कारबाही गर्न भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको संगठनका अध्यक्ष बलराम भुजेलले जानकारी दिए ।

आगामि दिनमा यस प्रकारका अमानविय गतिविधि बन्द गर्न आग्रह गर्दै जुनसुकै नाम र बहानामा गरिने यस्ता खालका जघन्य, कायरतापुर्ण आततायी हत्याको आप्mनो संगठनले डटेर सामना गर्न तयार रहेको अवगत गराउँदै हत्यामा संलग्नको पहिचान गरि कारबाहीको दायरामा ल्याउनु पन, हत्या गरिएका शिक्षक परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गरी शहिद घोषणा गर्न तथा परिवारजनको व्यवस्थापन गर्न नेपाल सरकार समक्ष संगठनको तर्फबाट गरिएको मागमा उल्लेखछ ।

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष भुजेल तथा सचिव केशवराज तिमिल्सिनाले संयुक्त हस्ताक्षर गरी बुझाइएको ज्ञापन पत्रमा विद्यालय शान्ति क्षेत्रको रुपमा गरिएको सरकारी घोषणा र प्रतिबद्धतालाई कार्यान्वयन गर्न गराउन विद्यालयमा शिक्षक र विद्यार्थीलाई निर्भिकतापुर्वक पठन–पाठनमा संलग्न हुने वातावरण सृजना गर्न समेत अपील गरिएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनका सदस्य समेत रहेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठलाई मंसिर २३ गते मंगलबार विहान सवा ६ बजेतिर चारपाँच जनाको समुहमा आएका विप्लप समुहका कार्यकर्ताले अपहरण गरि घरदेखि करिब ३० मिनेट टाढा जङ्गलमा लगेर घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।