गुलरिया (बर्दिया) : भ्रष्टाचार, कुशासन र अधिनायकबादतर्फ वर्तमान सरकार उन्मुख भएको भन्दै नेपाली काँग्रेसले देशभर सरकार विरुद्ध आफ्नो शक्ति प्रदर्शन गरेको छ । कोरोना कहरकाविच सरकार विरुद्ध हुदै कहिले स्वतन्त्र नागरिक, कहिले राजतन्त्रको पक्षमा भइरहेका आन्दोलनकै क्रममा प्रमुख प्रतिपक्ष दलले प्रभावकारि भुमिका खेल्न नसकेको भन्दै आलोचना खेपिरहेकै बेला सोमबार नेपाली काँग्रेसको शक्ति प्रदर्शनलाई नेपाली काँग्रेसको महाधिवेशनसंग जोडिएको भन्ने जमातहरुको सख्यामा कमि छैन ।
अहिले सत्ता सञ्चालन गरिरहेको पार्टिका नेताहरुले खेलेको प्रतिपक्षको भूमिकाका कारण सरकार विरुद्ध हुने प्रर्दशनलाई मलजल गरिरहेको छ । सरकार चलाइ रहेको नेकपा पार्टी भित्रको आन्तरिक किचलोको रिजल्टले सडक तताई रहेको हो ।
चाहे त्यो नेपाली काँग्रेसको प्रदर्शन होस् वा राजा आऊ, देश बचाऊ भन्नेहरुको आन्दोलन नै किन नहोस् यसको मुख्य दोषि भनेकै सत्ताधारी पार्टिका प्रतिपक्षहरुको कारणले हो भन्ने आन्तरिक रुपमा नेकपाको ठहर छ ।
आगोमा घिउ थप्ने काम नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि तनहँुमा भएको घटनाले ग¥यो । अब सडकमा नआएसम्म केहि हुनेवाला छैन, भन्ने कुरा सभापति शेरबहादुर देउवाले बुझे चौतर्फी कार्यकर्ताको जस्तोसुकै दवाव झेलेपनि आफ्नो निर्णयमा टसमस नहुने देउवा, पौडेल चर्चामा आएपछि आत्तिएका देखिन्छन् ।
काँग्रेसको महाधिवेशनको तयारीका रुपमा पनि सोमबारको आन्दोलनलाई हेरिएको छ । काँग्रेसका नेताहरुले जति चर्को स्वरमा सरकारको आलोचना गरे त्यसैका आधारमा उमेद्वार हुन् पाउने वा कार्यकर्ताको मन जित्न सकिन्छ भन्ने सोँच पनि राखेका छन् ।
किन भने वर्तमान अवस्थामा नेपाली काँग्रेस प्रतिपक्षमा भएपछि कहिलै पनि सरकारको आलोचना गरेको वा सरकार विरुद्ध प्रदर्शन गरेको छैन । अब देउवालाई आफनै कार्यकर्ताबाट लाग्ने गरेको आरोप प्रतिपक्षको भुमिका भएन भन्नेहरुका लागी मुख बन्द भएको छ भने महाधिवेशनमा सभापतिको तयारीका लागी बलियो जग बनेको छ ।
उता रामचन्द्र पौडेललाई पनि तनहुँको घटनाले पार्टि भित्र केहि हाईट बढाइदिएको छ । तर, जे जस्तो भएपनि केपि ओली प्रधानमन्त्री भएपछि प्रतिपक्षको भूमिका देशमा देखिएको थिएन । तर, कोरोना कहरकै विचमा स्वतन्त्र युवाहरुले गरेको प्रर्दशनपछि काँग्रेसले निँहु खोजिरहेको थियो । तनहुँको घटनाले त्यसलाई सहज बनाइदिएको हो ।
काँग्रेसका नेताले कहाँ के भने
देशभर भएका विरोध प्रर्दशनमा काँग्रेसका नेताहरुले सरकारको आलोचना गरे । सभापति देउवाले मकवानपुरमा पुगेर वर्तमान सरकारको कार्यशैलीका कारण ‘राज आऊ, देश बचाउ’ भन्ने जमातहरुको हिम्मत बढेको भन्दै सरकार सच्चिनु पर्ने बताए ।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले राजतन्त्रको पक्षमा सडकमा नारा लागे पनि राजा फर्कने सम्भावना नरहेको भन्दै हिन्दुराष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्ने बताए ।
विराटनगरस्थित कोइराला निवासमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले हिन्दुराष्ट्रको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने पक्षमा आफू रहेको दोहो¥याए थिए ।
अर्को एक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको महाधिवेशन फागुनमा हुने सम्भावना नरहेको पनि बताएका छन् । पार्टीमा क्रियाशील सदस्यताको टुंगो लागि नसकेका कारण फागुनमा महाधिवेशन हुने सम्भावना नरहेको उनले बताए ।
उता पोखरामा आयोजित विरोध सभामा बोल्दै केन्द्रिय सदस्य अर्जुन नरशिंह केसीले केपि ओली नेतृत्वको सरकार ईतिहासकै अपराधि सरकार भएको दावि गरे ।
काँग्रेसका नेताहरुले यतिमै सिमित राखेनन् युवा नेता गगन थापाले कैलालीमा प्रधानमन्त्री केपि शर्मा ओली नाङ्गै सडकमा हिँडिरहेको आरोप लगाए ।
साथै उनले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने माधव र प्रचण्ड पनि नाङ्गै हिँडिरहेको दावि गर्दै उनले भ्रष्टाचार कहाँ हुन्छ ?, बालुवाटारमा भन्दै वर्तमान सरकारप्रति कटाक्ष गरे ।
यता नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफुहरुलाई नजिस्काउन आग्रह गर्दै काँग्रेस सकियो भन्नेहरुका लागी गतिलो जवाफ भएको बताए ।
कोरोनालाई गिज्याउँदै प्रर्दशन
सरकारले कोरोना महामारीमा पनि जनताको जिउ धन जोगाउन नसकेको, भ्रष्टारमा लिप्त भएको, संसदलाई बन्दी बनाएको, सर्वसत्तावादीको बाटोमा गएको लगायत आरोप लगाउँदै सोमबार ७७ वटै जिल्लामा काँग्रेसले प्रदर्शन ग¥यो ।
आईतबार सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयम्सेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछ ।’
तर, सोमबार देशभर हजारौँ कार्यकर्ता उतारेको काँग्रेसले देउवाको विज्ञप्तिमा उल्लेख भएअनुसार न मास्क न सामाजिक दूरीका साथै स्वास्थ्य मापदण्ड पालना गरेको देखिएन । काँग्रेसको यो आन्दोलनले कोरोना महामारीको जोखिम झन् बढेको भन्दै स्वास्थ्य विज्ञले चिन्ता समेत ब्यक्त गरेकाछन् ।
यो बेलामा आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने र हरेकले मास्क, सेनीटाइजर प्रयोग गरेर प्रदर्शनमा आउनुपर्ने विज्ञको सुझाव छ ।