खेलकूदको लफडा उच्च अदालतमा

अध्यक्ष ओली सहित ४ जना विरुद्ध मुद्दा दायर


खेलकूदको लफडा उच्च अदालतमा

नेपालगन्ज : मध्यमपश्चिम क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीसहित चार जना विरूद्ध मुद्दा दायर गरिएको छ । उच्च अदालत नेपालगन्जमा ओलीसहित कार्यालय प्रमुख, विष्णु शमा, बाँके जिल्ला अध्यक्ष आंतक बस्नेत लगायतलाई बिपक्षी बनाई मुद्दा दायर गरिएको हो ।
नेपाल तेक्वान्दोे संघ र राष्ट्रिय तेक्वान्दो संघ नेपालबिच विवाद रहेकाले सो खेलको छनोट प्रतियोगिता नगर्न जारी भएको परिपत्र विरूद्ध काम गर्ने ओली सहित ४ जनालाई मुद्दा दायर गरिएको हो ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले दुवै संघहरु अस्तित्वमा रहेकाले आवश्यक छलफल नगरेसम्म जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिता गर्न नसकिने पत्र क्षेत्रीय खेलकुद विकास समिति, आठौँ राष्ट्रिय खेलकुद सचिवालय र ७७ जिल्ला खेलकुद विकास समितिलाई पठाएपनि क्षेत्रीय अध्यक्ष ओलीले त्यो निर्णय नमानेर प्रदेश ५ का १२ जिल्लामा खेलाडी छनोट गरेका थिए ।

दुई संघ बिचको विवादका कारण देशभरी कुनै जिल्लामा तेक्वान्दो खेलाडी छनोट नभए पनि बाँकेमा मध्मयपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको ठाडो मौखिक निर्देशनमा जिल्ला प्रशिक्षकले खेलाडी चयन गरेपछि बाँकेमा विवादले उग्ररूप लिदाँ प्रशासन हुदैँ अदालतको बाटोसम्म पुगेका छन् । राखेपको २०७५ कात्र्तिक २७ गते सदस्य सचिव विष्टको पत्र अनुसार बाँके विवाद रहेकाले तेक्वान्दो खेलाडी छनोट गरेको थिएनन् । फागुन १३ गते क्षेत्रीय अध्यक्ष ओलीले बाँके जिल्ला खलकुद विकास समितिको नाममा पत्र काट्दै खेलाडी छनोट गर्न निर्देशन दिएका छन् ।

तर, संघको उपस्थिति समन्वय विनानै बाँकेमा प्रशिक्षकले खेलाडी छनोट गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले पनि विवाद, समस्या समाधान र सहजिकरण समिति गठन गरेको थियो । जसमा राखेपका उपाध्यक्ष पिताम्वर तिम्सिनाको संयोजकत्वमा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा मगरलाई तोकेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा तेक्वान्दोको २२ जनाको कोटा रहेको छ । खेलाडी छनोट स्थल बाँकेको कौशिल्यानगर नगरमा केही खेलाडी मात्र छनोट कार्यक्रममा भाग लिन गएका छन् । अन्यले विवादका कारण छनोट वहिस्कार गरेका छन् । बहिस्कार गरेपछि ७ जना खेलाडी निर्विरोध छनोट भएका छन् ।
समितिका अध्यक्ष ओलीले मुद्दा दायर भएको थाहा पाउन साथ छनोट प्रतियोगिता स्थगित गरेका छन् । चौतर्फी विरोध भए पछि ओलीले छनोट खेल स्थगित गरेको सूचना निकालेका छन् । उनले सो सूचना १२ ओटै जिल्लामा पठाईसेका छन् ।