महिला दिवस: कतै सेल्फी, कतै मजदुरी


महिला दिवस: कतै सेल्फी, कतै मजदुरी

नोपलगन्ज : १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस, नेपालगन्ज लगायत देशभर विविध कार्यक्रम गरी मनाइएको छ । शहरका हुनेखाने वा जागिरे महिलाहरु शुक्रबार विहानै नेपालगन्जमा भेला भए, ब्यानर समाएर तस्वीर खिचे । कोही सेल्फी खिच्दै थिए ।

कतिपय नेपालगन्जका विभिन्न गल्लीबाट विपिचौकमा भेला भए । कोही त्रिभुवन चोक हुँदै निस्के, कोही धम्बोझी चोक, कोही गणेशमान चोक त कोही विभिन्न सरकारी तथा गैरसरकारी र कलेजहरुबाट कार्यालयबाट आआफ्ना व्यानरसहित नाराबाजी गर्दै विपिचोकमा भेला भएका थिए । भेला भएका साक्षर महिला तथा पुरुषहरु कोही झुण्डझुण्ड बनाएर फोटो खिच्दै थिए त कोही सेल्फीमै मस्त देखिन्थे ।

उता उपमहानगरभित्रकै निम्न वर्ग, निरक्षर र बेरोजगार तथा बाँकेका अन्य ग्रामीण क्षेत्रका महिलाहरुलाई भने अन्तर्रा्ष्ट्रिय महिला दिवसका बारेमा पत्तो भएन । दैनिकजसो खेतबारी, भान्सा र अन्य कामकाजमै व्यस्त देखिन्थे । दिनभर काम गरेर साँझको छाक टार्ने महिलाहरु सधैंझैं उसैगरी आफ्नो दैनिक कर्ममा लागेका थिए ।

निम्न वर्गीय र निरक्षर उनीहरु महिला दिवसकै दिन पनि सधैंझैं आफ्नो कर्ममा व्यस्त भइरहेका हुन्छन ।  हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस वर्षको महिला दिवसको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ दिइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सहरका अधिकाशं महिला सेल्फीमै व्यस्त हुँदा केही महिलाहरू यस्ता पनि भेटिए जो नारी दिवसमा -यालीर सेल्फी होइन पौरख गरिरहेका थिए । सहरमा नारी दिवस मनाईरहेका बेला कतिपय महिला सहर किनारमै मजदुरी गरिरहेका थिए । यीनलाई कहिल्यै नारी दिवसले छुदैन् । नारी दिवस अब सहरमा सुकिला मुकिला भएर होईन ग्रामिण भेगमा यस्ता मजदुर महिलासँग मनाउँन जरूरी छ ।