बाँकेकी कप्तान नेरी बनिन् ‘वुमन अफ द म्याच’
नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि बाँकेले प्राप्त गरेको छ । शनिबार भएको फाइनल खेलमा बाँकेले रुपन्देहीलाई ५ विकेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।
बाँकेले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । रुपन्देहीको महिला टिमले २० ओभर खेलेर ७ विकेट गुमाउदै ९७ रन मात्र बनाउन सकेको थियो । बाँकेको बलर सामु रुपन्देहीका महिला क्रिकेट खेलाडीले ठुला सटहरु प्रहार गर्न नसके पनि रुपन्देहीकी क्याप्टेन सरस्वती पुनले ४ चौकाको मद्दतले ४५ बल खेलेर ३६ रन बनाएकी थिइन् । भने रुपन्देही कै आष्मा पुलामी मगरले एक चौका सहित ४४ बलमा २१ रन बनाउन सफल भएकी थिइन् ।
बाँकेका तर्फबाट बलरहरु मध्ये बाँकेकी क्याप्टेन नेरी थापाले ४ ओभरमा एक मेडन सहित १२ रन दिदैं १ विकेट लिएकी थिइन् । भने बाँके कै गिता गोसाईले ४ ओभरमा १२ रन दिएर १ विकेट लिएकी थिइन् ।
९८ रनको लक्ष्य सहित ब्याटिङ गर्न मैदानमा उत्रेको बाँकेको महिला क्रिकेट खेलाडीले १८ ओभर १ बलमा निर्धारित लक्ष्य प्राप्त गर्न सफल भएको थियो । बाँकेका तर्फबाट क्याप्टेन नेरी थापाले आक्रमण ब्याटिङ गर्दै ५ चौका सहित ३६ बलमा नटआउट हुदै ४३ रन जोडेकी थिइन् । नेरीको आक्रमण ब्याटिङले गर्दा नै बाँके महिला क्रिकेट टोलीलाई जित सहज थियो ।
यस्तै उपाधि जित्नका लागि बाँकेकै तर्फबाट गिता गोसाइले तीन चौका सहित १३ बलमा १६ रन बनाउन सफलल भएकी थिइन् । रुपन्देहीका बलरहरु मध्ये क्याप्टेन सरस्वती पुनले ४ ओभरमा एक मेडन सहित ९ रन दिएर २ विकेट लिएकी थिइन भने अलिसा केसीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिएकी थिइन् ।
निकै नै रोमञ्चितपूर्ण बाँके र रुपन्देहीबीच उपाधीका लागि खेल भएको थियो । उक्त खेलमा ४३ रन र १ विकेट लिएकी बाँकेकी क्याप्टेन नेरी थापा ‘वुमन अफ द म्याच’ भएन् ।
यस्तै प्रतियोगितामा १ सय ३२ रन बनाएकी नेरी थापा ‘बेष्ट ब्याट्स वुमन’को उपाधि पाउन सफल भइन् भने ५ विकेट लिएकी बाँकेकै सरिता जिसी ‘बेष्ट बलर’को उपाधिबाट चुम्न सफल भइन् ।
प्रतियोगितामा भरि उत्कृष्ट प्रदर्शन गर्दै ‘वुमन अफ द सिरिज’ पनि नेरी थापा नै रहदै बीबी साइकल सेन्टरद्वारा एक लेडिज साईकल समेत प्राप्त गरेकी छिन् । थापाले प्रतियोगिता भरि १ सय ३२ रन बनाएकी थिइन् भने ४ विकेट समेत लिएकी थिइन् ।
यस छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले केही दिनपछि हुने ‘प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता’का लागि छनोट गरिने लुम्बिनी र कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापामगरले जानकारी दिए ।
प्रधानमन्त्री कपका लागि केही दिनपछि नामावली घोषणा गरिने समेत थापाले बताए । पुष १ गते देखि ४ गते सञ्चालित प्रतियोगितामा बाँके जिल्लासहित दाङ र रुपन्देही गरि तीन जिल्लाको सहभागीता रहेको थियो ।