नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधनको तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले आज सम्बोधनको तयारी छ । तर, समय तय भइसकेको छैन । यद्यपी सेतोखरीलाई प्राप्त सूचना अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नेछ ।
यसैबीच संसद विघटनपछि उत्पन्न परिस्थिलाई लिएर संकटकाल घोषणाको आँकलन गर्न थालिएको छ ।
संसद विघटनको कदमविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतले संयुक्त प्रतिवाद गर्ने निष्कर्ष निकालि सकेकाछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी यसको चौतर्फी विरोध भइरहेको छ ।
प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध यतिबेला सर्वोच्च अदालतमा ८ वटा रिट दायरका लागि तयारी अवस्थामा रहेकोछ । संसद विघटनको यतिबेला देशका विभिन्न भागमा यसका विरुद्ध प्रदर्शन भइरहेको छ । यो प्रदर्शन चर्कदै जाने आँकलन गरिएको छ ।
प्रतिनिधिसभा विघटनपछि अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा छलफल गरेका थिए । ओली आईतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीसँग मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका थिए ।
यो छलफलपछि नेपाली राजनीतिमा झन् एकाएक असहज परिस्थिती सिर्जना हुदैं गएकोछ । हालको अवस्था झन विग्रदै गएमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संकटकाल लगाउन सक्ने अवस्था आउन सक्ने भन्दै विश्लेषकहरुले सुरक्षा चुनौती बढ्न सक्ने जिकिर गरेकाछन् ।
देशको अवस्थालाई हेर्दै जाँदा बेलुकासम्म प्रधानमन्त्रीबाट यस्तो निर्णय हुनसक्ने आँकल गरिएकोछ । एक राजनितिक विश्लेषकका अनुसार प्रधानमन्त्रीको खल्तीमा राष्ट्रपति भएको पुष्टि गर्दै संकटकाल लगाउन सक्ने उनले दावि गरे ।