प्रधानमन्त्री महिला क्रिकेट कप

उद्घाटन खेल लुम्बिनी प्रदेश र प्रदेश २ बीच हुने


उद्घाटन खेल लुम्बिनी प्रदेश र प्रदेश २ बीच हुने

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पुष ११ देखि प्रधानमन्त्री राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो ।

क्यानले सार्वजनिक गरेको टी–ट्वान्टी प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेल लुम्बिनी प्रदेश र प्रदेश २ बीच हुने भएको छ ।

प्रतियोगितामा सहभागी कुल आठ टिमलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा प्रदेश २, कर्णाली प्रदेश, विभागीय क्लब एपीएफ र लुम्बिनी प्रदेश छन् । समूह ‘बी’ मा वाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश १ छन् । प्रतियोगितामा दैनिक दुई खेल हुनेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतियोगिताको दोस्रो खेल एपीएफ र कर्णाली प्रदेशबीच हुनेछ । यसैगरी सेमिफाइनलमा दुवै खेल १७ गते र फाइनल खेल १९ गते हुनेछ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता दाङको लमहीस्थित क्रिकेट मैदानमा हुनेछ ।