बामदेव गौतमकी श्रीमतीसहति ७ जना बर्दियाबाट ओली समूहमा


बामदेव गौतमकी श्रीमतीसहति ७ जना बर्दियाबाट ओली समूहमा

बर्दिया : संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले ११९९ महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन् । साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति ओलीले घोषण गरेका हुन् । उनले महाधिवेशन सम्ममा १९७ जना पछि थप गर्ने गरि निर्णय गरेकाछन् ।

नेकपाले मनोनित गरेको ५ सय ५६ जना केन्द्रिय सदस्यमा बर्दिया जिल्लाबाट बामदेव गौतमकी श्रीमति तुलासा थापासहित ७ जना मनोनित भएकाछन् ।

पार्टि विभाजनको अवस्थामा रहेको बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफु पक्षिय केन्द्रिय सदस्यहरुको बैठक राखि थप गरिएका ५ सय ५६ जना मध्ये बर्दियाबाट सात जना केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।

यसरी मनोनित हुनेहरुमा बामदेव गौतमकी श्रीमति तुलसा थापा सहित ७ जना रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै बर्दियाबाट मनोनित हुनेहरुमा शोभा ज्ञवाली, श्याम ढकाल, विमला विक, भिम केसी, जनक थारु, दामोदर अर्याल रहेका छन् । केन्द्रिय सदस्यमा मनोनितहरु मध्ये शोभा ज्ञवाली पुर्व नेकपा एमालेका नेत्रृ हुन् भने श्याम ढकाल संविधान सभा सांसद हुन् ।

यसैगरी विमला विक समानुपातिक निवर्तमान सभासद् हुन्, भिम केसी प्रदेश सचिवालय सदस्य हुन्, यस्तै जनक थारु जिफन्टमा कार्यरत रहेको बुझिएको छ ।

दामोदर अर्याल पनि पुर्व नेकपा एमालेका प्रभावसाली नेताको रुपमा परिचित छन् । बर्दियामा केपी ओली पक्ष र प्रचण्ड पक्षको बाहुल्यता रहेको छ भने माधव नेपाल पक्षका कार्यकर्ता तथा नेता खुलेका छैनन् ।