माधवकुमार नेपालका खास मान्छे रत्न के भन्छन् ?


माधवकुमार नेपालका खास मान्छे रत्न के भन्छन् ?

नेपालगन्ज : देशमा नेकपा दुई चिरा भइ उथलपुथल भइरहेका बेला माधवकुमार नेपालका खास मान्छे रत्न खत्रीले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक भएको बताएका छन् । बाँकेका नेता खत्रीले संसद विघटन गरिनु अत्यन्त असंवैधानिक भएको बताए ।

नेकपा फुटेर एउटा ओली समुह र एउटा प्रचण्ड–नेपाल समुह भएर अलग अलग जम्बो केन्द्रिय कमिटि गठन गरेपनि नेपालका खास मान्छे भनिएका खत्री भने दुई वटै समुहमा अटेनन् । उनको नाम न त प्रचण्ड–नेपाल समुहमै राखियो न त ओली समुहमा नै । तर, कुनै समुहको केन्द्रिय कमिटीमा नपरेपनि खत्री भने नेपाल समुहलाई नै आत्मसाथ गरेर हिँडिरहेकाछन् ।

बाँके जिल्लाका हुनहार र जनप्रिय नेताका रुपमा चिनिएका खत्रीको अहिलेसम्मको दैनिक जिवन राजनीतिक र जनतामाझमै वितेकोछ । आफूले नेपाल समुहलाई साथ दिनेमा कुनै दुईमत नरहेको खत्री बताउँछन् । तर, कुनै समुहले पनि देशलाई बरबादीतिर ढकेल्न नहुने उनको भनाई छ ।

खत्रीले सामाजिक सञ्जालमा पनि नेपालकै वकालत गरिरहेकाछन् । प्रचण्ड– नेपाल समुहको केन्द्रिय कमिटिमा उनको नाम नपर्नुले नेकपा भित्रका मात्र होइन अन्य दलका बाँकेका नेताहरुले समेत अचम्म मानेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सेतोखरीसंग कुरा गर्दै खत्रीले भने–‘असंवैधानिक संसद विघटन देश, जनता र संविधानमाथिको आक्रमण हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष पेश गर्दा म लगायत आम जनतामा आशा थियो की राष्ट्रपतिले रोक्नुहुन्छ र बृहत छलफलको माध्यमबाट निकास निकाल्नुहुन्छ । विडम्बना संसद विघटनको सिफारिस द्रुतगतिमा २ घण्टा वित्न नपाउदै राष्ट्रपतिले अनुमोदन गर्नु भयो ।

‘राष्ट्रपतिको यो कदम पनि असंवैधानिक हो । यसबाट के पुष्टि हुन्छ भने राष्ट्रपति देशको हो की एउटा नेता विशेषको हो भन्ने प्रश्न उठेकोछ ।’ खत्रीले अगाडी भने–‘प्रधानमन्त्रीसंगै राष्ट्रपतिले उठाएको कदमले गणतन्त्रमाथि प्रश्न उठाएकोछ । यो खेदजन्य छ ।’

देशको वर्तमान राजनीतिका विषयमा बोल्दै खत्रीले अगाडी थपे–‘जसरी पनि विघटन गरिएको संसद पुर्नस्थापन गरिनुपर्छ । संसद पुर्नस्थापना हुनु नै देश ठिक ट्रयाकमा जानु हो ।’

संसद विघटन विरुद्धको रिट सर्वोच्चमा पुगेकोछ । अब पनि सर्वोच्च अदालतले संसद विघटन बदर गरि संसद पुर्नस्थपना गरेन भने मुलुकको लोकतन्त्र र २०७२ मा निर्माण गरिएको संविधानको विरुद्ध जानु हो, खत्री बताँउछन् ।

सर्वोच्चबाट संसद पुर्नस्थापना भएन भने देश प्रतिगामी शक्तिको हातमा जानेछ । प्रधानमन्त्री ओलीलेबाट गरिएको यो कार्य सुहाउदो थिएन । उनले जानी नजानी उठाएको कदमले प्रतिगामी शक्तिहरुका लागि मलजल गरिरहेकाछन् ।

यतिबेला देशमा प्रधानमन्त्री ओली समुह र प्रचण्ड–नेपाल समुहका नेकपाले आ–आफ्नो धारणा सार्वजनिक गर्दै बैधानिक नेकपा भएको ठोकुवा गरिरहेकाछन् ।

दुवैपार्टीले आफ्ना कमिटि विस्तार समेत गरेकाछन् । तपाई बाँकेमा रहेर राजनीति गरिरहेको लामो समय भयो । नेकपा (प्रचण्ड–नेपाल) समुहका अध्यक्ष माधव कुमार नेपालको तपाई खास मान्छे तरपनि तपाई उक्त कमिटिमा चयन हुनु भएन नी ? भन्ने सेतोखरीको जिज्ञासामा जवाफ दिंदैे ‘घर–घरमा बन्ने कमिटिको केन्द्रिय सदस्य बन्ने मेरो ईच्छा छैन । गाइजात्रे कमिटिमा मेरो दावि गर्दिन । लिडरसिपको विकास निश्चित विधि भित्र हुन्छ’ नेता खत्रीले बताए ।

‘तत्कालिन एमालेको सदस्य हुदंै म बाँकेको उपसिचव र सचिव भए । काम गर्दै जाँदा त्याग गर्न पनि सिक्नुपर्छ । ठूलै नेताबाट प्रश्ताव अएकै हो । कमिटि ब्यवस्थापन गर्नुपर्नेमा पद त्याग्नु पर्ने थियो । मैले त्यागे ।’ उनले भने आगामी महाधिवेशनबाट मलाई अवसर आउँछ, आयो भने म सदस्य बन्छु ।

प्रधानमन्त्री ओली समुह र प्रचण्ड–नेपाल समुह मध्ये कुन नेकपा संस्थापन पक्ष हो ? सेतोखरीको जिज्ञासापूर्ण प्रश्नमा ‘नेकपाको बैधानिकता र कुन चाही संस्थापन पक्ष हो त्यसमा असर गर्दैन । ६२ प्रतिशत केन्द्रिय सदस्य प्रचण्ड–नेपालको पक्षमा छन् । प्रचण्ड–नेपालको समुहको नेकपा नै संस्थापन पार्टी हो । ऐन, नियम र कानूनले पनि आधिकारिकता दिन्छ । उनले बताए ।

प्रधानमन्त्री ओली समुहको नेकपाप्रति कटाक्ष गर्दै नेता खत्रीले भने ‘सडक र बालुवाटार छेउछाउ हिड्नेलाई समाउदै सदस्य बनाउने पार्टीको कुनै तुक छैन । त्यो हास्यास्पद कुरा हो । जग हसाउनु बाहेक अरु केही होइन ।’  उनले अगाडी थपे–‘पुष्पलालले भन्नु भएको थियो जब कम्युनिष्ट पार्टिका नाममा संख्या बढाइन्छ । तब कम्युनिष्ट पतनतर्फ जान्छ । ओली समुह पनि त्यही हो ।’