पिएम कपको तयारी पुरा : पहिलो खेल लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच हुने


पिएम कपको तयारी पुरा : पहिलो खेल लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच हुने

देउखुरीः प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता शनिबारदेखि शुरु हुने भएको छ । दाङको लमही स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगीतामा एउटा एपिएफको विभागिय टिम सहित ७ वटै प्रदेश गरी जम्मा ८ ओटा टिमले सहभागिता लिनेछन् । क्रिकेट प्रतियोगीताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

‘प्रतियोगीताको सबै तयारी पुरा भएको छ । विहान ९ बजेबाट खेल शुरु हुने छ’ थापाले भने,–‘पुस १९ गतेसम्म प्रतियोगीता चल्ने छ ।’ लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले शनिबार विहान प्रतियोगीताको उद्घाटन गर्ने आयोजकले जनाएकोछ ।  प्रतियोगीतामा भाग लिने चार ओटा टिमका खेलाडीहरु लमही आईपुगेका छन् । बाँकी खेलाडी आउने क्रममा छन् ।

कोरोना भाइरस संक्रमका कारण करिब ९ महिना प्रभावित भएको क्रिकेट प्रतियोगीता पुनः शुरु हुँदा खेलाडीहरु उत्साहित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगीता आयोजना गरिने आयोजकले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

आयोजकका अनुसार आठ ओटा टिमलाई दुई समुहमा विभाजन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नम्बर २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।

यस्तै ‘वि’ समुहमा सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेकाछन् । आयोजकका अनुसार दैनिक दुई ओटा प्रतियोगीता हुनेछन् । शनिबार पहिलो खेल बिहान ९ बजेबाट हुने छ ।

प्रतियोगिताको पहिलो खेल भने लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ का खेलाडीविचमा विहान खेल हुनेछ । भने दोस्रो खेल दिउँसो १ बजेबाट एपिएफ र कर्णाली प्रदेशविच हुनेछ ।

यस्तै पुस १२ गते आईतबार बिहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशविच हुनेछ भने सोही दिन दिउँसोको खेल एपिएफ र प्रदेश नम्बर २ विच हुनेछ । यसैगरी पुस १३ गते प्रदेश नम्बर २ र कर्णाली प्रदेशविचमा खेल हुने छ । भने दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशविच खेल हुनेछ ।

त्यसैगरि पुस १४ गते सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशविचमा खेल हुनेछ । भने दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नम्बर १ का विच खेल हुने आयोजकले जनाएको छ । यस्तै पुस १५ गते सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ विच प्रतिस्प्रर्धा हुनेछ भने सोही दिन दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशविच प्रतिस्प्रर्धा हुनेछ ।

त्यसैगरि पुस १६ गते विहानको खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश विच हुनेछ भने दिउँसो गण्डकी प्रदेश र प्रदेश नम्ब १ का विचमा खेल हुनेछ । आयोजकका अनुसार पुस १७ गते सेमिफाईनल खेल हुने छ । जसका लागि विहान ‘ए’ गु्रपको विजेता र ‘वि’ गुप्रको रनर अफ विचमा हुनेछ । त्यस्तै दिउँसोको सेमिफाइनल खेलमा बिजेता गुप्र ‘वि’ र रनर अफ गुप्र ‘ए’ का विचमा हुनेछ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् ।

आयोजकका अनुसार शनिबारबाट हुने क्रिकेट प्रतियोगीताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस टिभिबाट प्रत्येक्ष प्रशासरण गरिनेछ । डिसहोम र क्यानबिच सम्झौता गरेर पुस ११ बाट १९ गते सम्म हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएकोछ ।