महिला पीएम कप

लुम्बिनीको विजयी शुरुआत


लुम्बिनीको विजयी शुरुआत

लमही : दाङको लमही स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि शुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्र्तगत पहिलो खेलमा लुम्बिनी प्रदेशले सहज जित हात पारेको छ ।

देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रदेश नम्बर २ लाई तीन विकेटले हराउदै लुम्बिनी प्रदेशले आफ्नो विजयी शुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर २ ले दिएको ७८ रनको लक्ष्य पछाएको लुम्बिनीले १६ ओभर १ बलमा ७८ रन बनाउन सफल भएको हो ।

लुम्बिनीका लागि ओपनर गीता गोसाइले सर्वाधिक २३ रनको योगदान गरिन् । त्यस्तै सरस्वतीले २२ रन बनाउँदा कप्तान नेरी थापाले १५ रन बनाउन सफल भइन् । यस्तै प्रदेश २ का लागि कविता गौतमले एक विकेट लिन सफल भइन् । प्रदेश २ का लागि अनुराधा चौधरी र साना प्रविनले समान २१–२१ रनको योगदान गरिन् । प्रदेश दुईका लागि विमला मगरले १० रन बनाउन सफल भइन् । बलिङतर्फ सुस्मिता भुसालले सर्वाधिक तीन विकेट लिइन् ।

शनिबार भएको दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशलाई २०४ रनको फराकिलो अन्तरले हराएको छ । एपीएफले दिएको २३६ रनको फराकिलो लक्ष्य पछ्याएको कर्णालीले १४ ओभर १ बलमा मात्र ३१ रन बनाउन सक्यो । कर्णालीका लागि कप्तान लक्ष्मि रावलले ६ रन बनाइन् । दीक्षा पुरीले ५ रन बनाउँदा तिर्शना विश्वकर्माले २ बनाइन् । एपीएफका लागि करुणा मण्डारीले सर्वाधिक ५ विकेट लिन सफल भइन् । राजमती ऐरीले दुई विकेट लिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै सोनु खड्का र रेखा  रावलले एक–एक विकेट लिन सफल भइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धातिर २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाउन सफल भएको थियो । एपीएफका लागि कप्तान सीता राना मगरले अर्धशतकीय पारी खेलिन् । यो संस्करणको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ५९ बलमा ८ चौका प्रहार गरेकी थिइन् ।

त्यस्तै एपीएफका लागि सीता मगरले ४४ रन बनाउँदा जोती पाण्डे ३२ तथा इन्दु बर्माले २२ रन को योगदान गरिन् । बलिङतर्फ कर्णालीका लागि दीक्षा पूरीले दुई विकेट लिँदा निशा प्राजुरी र अन्जु गुरुङले समान एक–एक विकेट लिन सफल भइन् ।

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा कर्णाली प्रदेशले बिहान ९ बजे लुम्बिनीसँग खेल्नेछ भने दोस्रो खेलमा एपीएफले प्रदेश २ को सामाना गर्नेछ ।

दाङको लमही स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि शुरु भएको प्रतियोगितामा विभागिय एपिएफको टिमसहित ७ वटै प्रदेश गरी जम्मा ८ ओटा टिमले सहभागिता लिएकाछन् ।कोरोना भाइरस संक्रमका कारण करिब ९ महिना प्रभावित भएको खेलकुद क्षेत्रमा क्रिकेट प्रतियोगीता पुनः शुरु हुँदा खेलाडीहरु उत्साहित भएका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएकोछ । आयोजकका अनुसार आठ ओटा टिमलाई दुई समुहमा विभाजन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नम्बर २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । यस्तै ‘वि’ समुहमा सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेकाछन् ।
आयोजकका अनुसार दैनिक दुई ओटा प्रतियोगीता भइरहेकोछ । प्रतियोगिताको पहिलो खेल भने लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ का खेलाडीविचमा विहान खेल भएको हो । भने दोस्रो खेल एपिएफ र कर्णाली प्रदेशविच भएकोछ ।

यस्तै पुस १२ गते आईतबार बिहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशविच हुनेछ भने सोही दिन दिउँसोको खेल एपिएफ र प्रदेश नम्बर २ विच हुनेछ ।
यसैगरी पुस १३ गते प्रदेश नम्बर २ र कर्णाली प्रदेशविचमा खेल हुने छ । भने दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशविच खेल हुनेछ ।

त्यसैगरि पुस १४ गते सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशविचमा खेल हुनेछ । भने दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नम्बर १ का विच खेल हुने आयोजकले जनाएको छ । यस्तै पुस १५ गते सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ विच प्रतिस्प्रर्धा हुनेछ भने सोही दिन दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशविच प्रतिस्प्रर्धा हुनेछ ।

त्यसैगरि पुस १६ गते विहानको खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश विच हुनेछ भने दिउँसो गण्डकी प्रदेश र प्रदेश नम्ब १ का विचमा खेल हुनेछ । आयोजकका अनुसार पुस १७ गते सेमिफाईनल खेल हुने छ । जसका लागि विहान ‘ए’ गु्रपको विजेता र ‘वि’ गुप्रको रनर अफ विचमा हुनेछ । त्यस्तै दिउँसोको सेमिफाइनल खेलमा बिजेता गुप्र ‘वि’ र रनर अफ गुप्र ‘ए’ का विचमा हुनेछ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् ।

आयोजकका अनुसार शनिबारबाट शुरु भएको क्रिकेट प्रतियोगीताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस टिभिबाट प्रत्येक्ष प्रशासरण गरेकोछ । डिसहोम र क्यानबिच सम्झौता गरेर पुस ११ बाट १९ गते सम्म हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहेकोछ ।