एकैदिनमै ‘छक्का पञ्जा–३’ युट्युब ट्रेण्डिङको एक नम्बरमा


एकैदिनमै ‘छक्का पञ्जा–३’ युट्युब ट्रेण्डिङको एक नम्बरमा

नेपालगन्ज : कोरोना भाइरसका कारण यतिबेला सिनेमाघर बन्द छ । बन्द गरिएका सिनेमा घर खोल्ने तयारी भइरहेकोछ ।

यसैबीच युट्युब ट्रेण्डिङमा नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ एक नम्बरमा आइपुगेको छ । युट्युबामा सार्वजनिक भएको एकदिन मै चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबको ट्रेन्डिङ एक नम्बरमा आइपुगेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र चलचित्र टीभी एपमा राखिएको थियो । तर, पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको हो । पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोबाइलमा पुगेपछि युट्युबमा अपलोड गर्नु परेको हो ।

बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ, शिवहरि पौडेल मुख्य भूमिकामा छन् ।