नेपालगन्ज : कोरोना भाइरसका कारण यतिबेला सिनेमाघर बन्द छ । बन्द गरिएका सिनेमा घर खोल्ने तयारी भइरहेकोछ ।
यसैबीच युट्युब ट्रेण्डिङमा नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ एक नम्बरमा आइपुगेको छ । युट्युबामा सार्वजनिक भएको एकदिन मै चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबको ट्रेन्डिङ एक नम्बरमा आइपुगेको हो ।
दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र चलचित्र टीभी एपमा राखिएको थियो । तर, पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको हो । पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोबाइलमा पुगेपछि युट्युबमा अपलोड गर्नु परेको हो ।
बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ, शिवहरि पौडेल मुख्य भूमिकामा छन् ।
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?