गौघाटमा अन्तर क्लब भलिबल हुदैं


गौघाटमा अन्तर क्लब भलिबल हुदैं

मिना केसी

नेपालगन्ज : माघी पर्वको अवसरमा खजुरामा अन्तर क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । माघको १ गतेदेखी शुरु हुने प्रतियोगितामा खजुरा क्षेत्रका क्लबको सहभागिता रहने आयोजक योगिनी युवा क्लबले बताएको छ ।

योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले ग्रामीण क्षेत्रबाट भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको बताए । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा विगतमा भलिबलको स्तरीय प्रतियोगिता हुने गरेको थियो । तर, पछिल्लो समय यस क्षेत्रमा भलिबलका गतिविधि कम भएका छन ।

भलिबल खेलमा स्थानीय युवाहरुको आर्कषण देखिएकोले पनि भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष थापाले बताए । उनले भने,‘विगतमा हाम्रो गाउँमा क्षेत्रीय स्तरको प्रतियोगिता भएको ईतिहास छ । यहाँबाट राष्टिूय स्तरको खेलाडीको उत्पादन भएका थिए । तर, विविध कारणले पछिल्लो समय यस क्षेत्रमा स्तरीय प्रतियोगिता हुन सकेको छैन । हाम्रो क्लब युवाहरुलाई सशक्त बनाएर समाजको विकासका लागि काम गरिरहेको क्लबले । यसले खेलकुदका माध्यमबाट युवाहरुलाई सामाजिक भावनाको विकास गराउनमा पनि उत्प्रेरित गर्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

शनिबार क्लबको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिताको आयोजनाको लागि दिलिप महतारा संयोजक र हरेन्द्र राइलाइ संह सहयोजको जिम्मेवारी दिइएको छ ।

प्रतियोगिताको विजेतालाई २० हजार र उपविजेतालाई १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा मेडल टूफी प्रदान गर्ने निर्णय भएको अध्यक्ष तरिन्द्र थापाले बताए । योगिनी युवा क्लबले एक वर्ष अघि सहयोगी आवाज(हिभ) नेपालसँग सहकार्य गरेर प्रथम योगिनी कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कोरोनाका कारण दोस्रो संस्करण प्रभावित भएको क्लबले बताएको छ ।