प्रधानमन्त्री कप

कर्णालीविरुद्ध लुम्बिनीको सहज जित

प्रदेश २ र एपीएफ भिड्दै


कर्णालीविरुद्ध लुम्बिनीको सहज जित

देउखुरी : दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सहज जित निकालेको छ ।आईतबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विककेटले जित हात पारेको छ । देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा ग¥यो ।

लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले ९ रन बनाइन् । गीता गोसाईले ४ रन बनाउन सफल भइन् । बलिङतर्फ कर्णालीका लागि अन्जु गुरुङले एक विकेट लिइन् । यसअघि मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भयो ।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बनाउन सफल भइन् । त्यस्तै अन्शु शाक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका रानाले २–२ रन बनाइन् ।

बलिङतर्फ लुम्बिनीकी लागि कप्तान नेरी थापाले दुई विकेट लिइन् । आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई हराएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

दाङको लमही स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता भइरहेकोछ ।

यसअघि शनिबार भएको खेलमा प्रदेश नम्बर २ लाई तीन विकेटले हराउदै लुम्बिनी प्रदेशले आफ्नो विजयी शुरुवात गरेको थियो । टस हारेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर २ ले दिएको ७८ रनको लक्ष्य पछाएको लुम्बिनीले १६ ओभर १ बलमा ७८ रन बनाउन सफल भएको हो ।

यस्तै, यतिबेला प्रदेश २ ले एपीएफलाई ७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रन बनायो । प्रदेश २ का लागि अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान गरिन् । त्यस्तै सोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन बनाउन सफल भइन् ।

त्यस्तै बलिङतर्फ एपीएफका लागि सिता राना मगरले २ विकेट लिन सफल भइन् । त्यस्तै रेखा रावल, करुणा भण्डारी र इश्वरी विष्टले एक–एक विकेट लिए । पहिलो खेलमा कर्णाली प्रदेशविरुद्ध सहज जित निकाल्न सफल एपीएफले दोस्रो खेलमा पनि सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ ।