प्रधानमन्त्री कप

लुम्बिनी प्रदेश र एपीएफ सेमिफाइनलमा

प्रदेश २ प्रतियोगिताबाट बाहिरीयो


लुम्बिनी प्रदेश र एपीएफ सेमिफाइनलमा

देउखुरी : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अन्र्तगत लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विककेटले जित हात पारेको छ । देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा गर्दै सहज जित निकालेकोछ ।

लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले ९ रन बनाइन् । गीता गोसाईले ४ रन बनाउन सफल भइन् । बलिङतर्फ कर्णालीका लागि अन्जु गुरुङले एक विकेट लिइन् ।
यसअघि मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भयो ।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बनाउन सफल भइन् । त्यस्तै अन्शु शाक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका रानाले २–२ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी लागि कप्तान नेरी थापाले दुई विकेट लिइन् । आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई हराएको थियो ।

यसअघि शनिबार भएको खेलमा प्रदेश नम्बर २ लाई तीन विकेटले हराउदै लुम्बिनी प्रदेशले आफ्नो विजयी शुरुवात गरेको थियो । टस हारेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर २ ले दिएको ७८ रनको लक्ष्य पछाएको लुम्बिनीले १६ ओभर १ बलमा ७८ रन बनाउन सफल भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै आईतबार भएको दोस्रो खेलमा एपीएफले प्रदेश नम्बर–२ लाई ८ विकेटले हराएकोछ । प्रदेश–२ ले दिएको ७३ रनको सामान्य लक्ष्य एपीएफले १३ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा ग¥यो ।

एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ३० रन बनाइन् । कप्तान सरिता रानामगरले १८ रन बनाउँदा सरिता मगरले ६ रनको योगदान गरिन् । बलिङतर्फ प्रदेश–२ का लागि सरस्वती कुमारी र कविता गौतमले समान एक–एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको थियो । प्रदेश–२ का लागि अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान गरिन् । भने शोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन जोडिन् ।

बलिङतर्फ एपीएफका लागि सीता रानामगरले २ विकेट लिइन् । त्यस्तै, रेखा रावल, करुणा भण्डारी र इश्वरी विष्टले एक/एक विकेट लिए । पहिलो खेलमा कर्णाली प्रदेशविरुद्ध सानदार जित निकालेको एपीएफले दोस्रो खेलमा पनि सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो ।

लगातार दोस्रो हार व्यहोरेको प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली प्रदेश र प्रदेश–२ बीच हुनेछ । दोस्रो खेलमा लुम्बिनी प्रदेशले एपीएफको सामना गर्नेछ ।
दाङको लमही स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता भइरहेकोछ ।