जुगेडा प्रहरी हत्याकाण्ड

असई विक र जवान साउदको हत्या गर्ने मुख्य योजनाकार ढाईमहिनापछि पक्राउ


असई विक र जवान साउदको हत्या गर्ने मुख्य योजनाकार ढाईमहिनापछि पक्राउ

तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय कैलाली

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय कैलालीले जुगेडा प्रहरी हत्याकाण्डका मुख्य योजनाकारलाई ढाई महिनापछि पक्राउ गरेकोछ । धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरि फरार रहेका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–१० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको छ ।

उनलाई आईतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले जानकारी दिए । उनका अनुसार घटना पश्चात भागी भारत तर्फ गएका रानाको निरन्तर खोज तलास जारी भएकै अवस्थामा राना नेपालतर्फ आई रहेको भन्ने बिशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको बिशेष टोलीले पक्राउ गरेको हो ।

यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । फरार मुख्य अभियुक्त राना प्रक्राउसँगै आजै अदालतमा पेस गरिनेछ । राना लामो समयदेखि भारतको बनकट्टी र सलियापारबाट नेपालमा अबैध सामान र नेपालबाट अबैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए । त्यहीँ मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वको टोलीले निजकै घरबाट हतियार लगेर प्रहरी असई र जवानको हत्या गरेको प्रहरी निष्कर्ष छ ।

गत कात्तिक १ गते शनिबार राति धनगढी–१२ जुगेडामा तस्करहरुले प्रहरीको हत्या गरेका थिए । त्यस रात ८ बजे सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा असई विक र जवान साउद नियमित गस्तीमा थिए ।

यसअघि प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा धनगढी उप–महानगरपालिका–१० का पर्कु भन्ने ३१ वर्षिय रोहित राना, २० वर्षिय राजेन्द्र राना, ३० वर्षिय चोर भनिने सुरेश राना, २५ वर्षिय गब्बर भनिने राजकुमार राना, २२ वर्षिय रामनिवास राना, २९ वर्षिय टल्लु भनिने दलराम राना र २५ वर्षिय राम गोपाल रानालाई कात्तिक ४ गते प्रहरीले सार्वजनिक गरेको थियो ।

त्यसपछि घटनामा संलग्न रोहित रानालाई पनि प्रहरीले पक्राउ गरेको थियो । यस्तै मटर तस्कर गर्न लगाउने व्यापारी राजीव गुप्ता पक्राउ परे पनि एक लाख ५० हजार धरौटीमा उनी तारेखमा छुटेका थिए ।

यस्तो थियो घटना
गत कार्तिक १ गते राती अन्दाजी १०ः३० बजेको समयमा अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउद सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा नियमित गस्तीमा गएका थिए ।

सोही क्रममा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नम्बर– १० स्थित जुगेडा कटान एरियामा भारततर्फ गोरु गाडामा (डल्लव) मा मटर तस्करी गरिरहेको अवस्थामा गस्ती टोलीले फेलापारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समुहले दुबै जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

सम्र्पकविहिन भएका प्रहरीको खोजी गर्दै जाँदा हत्या गरि फालेको अवस्थामा मोहना नदीमा प्रहरी सहायक निरिक्षक गोबिन्द बिकको शव कार्तिक २ गते बिहान अन्दाजी ९ः७ बजे तिर फेला परेको थियो ।

असई विकको शव भेटेको प्रहरीले उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साउँदको शव घटनाको ती निदपछि कात्र्तिक ४ गते बिहान अन्दाजी १०ः२५ बजे तिर सोही मोहना नदीमा फेला परेको थियो ।