पिएम कप

लुम्बिनी प्रदेशको लज्जास्पद हार, एपीएफ बन्यो समूह ‘ए’ विजेता


लुम्बिनी प्रदेशको लज्जास्पद हार, एपीएफ बन्यो समूह ‘ए’ विजेता

नेपालगन्ज : प्रधानमन्त्री कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेकोछ । सोमबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६१ रनको अन्तरले हराउदै समूह ‘ए’ को विजेता बनेको छ । भने लुम्बिनी प्रदेश उपविजेता बनेकोछ ।

दाङको देउखुरी स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि भइरहेको प्रधानमन्त्री कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार एपीएफले दिएको १२३ रनको मध्यम लक्ष्य लुम्बिनी प्रदेशले पुरा गर्न सकेन ।

निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै लुम्बिनी प्रदेश मात्र ६१ रनमा समेटियो । समुह ‘ए’ अन्र्तगतको खेलमा लगातार दुई खेल सहज जित हाँसिल गरेको लुम्बिनी प्रदेशले विभागीय टिम एपीएफसँग लज्जास्पद हार ब्यर्होनुपर्यो ।

योसंगै सोमबारको खेलमा जित निकाल्दै एपीएफ समूह ‘ए’ को विजेता बनेको छ । एपीएफले समूह चरणका तीन खेल खेल्दै तीनवटै खेलमा जित निकाल्न सफल भयो ।
लुम्बिनीका लागि लक्ष्मि चौधरीले जम्मा ११ रन मात्र बनाउन सफल भइन् । त्यस्तै सरस्वती घर्ती मगरले ७ रन बनाउन सफल भइन् ।

Kanti Aarogya Hospital Nepalgunj

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । एपीएफका लागि ज्योती पाण्डेले सर्वाधिक ४९ रनको योगदान गरिन् । अर्धशतक बनाउनबाट एक रनले चुकेकी उनले ५४ बल खेल्दै १ चौकाको सहयोगमा ४९ रन बनाएकी थिइन ।

एपीएफका लागि इन्दु बर्माले २८ रन बनाइन् । त्यस्तै राजमती एरीले ११ रन बनाउँदा सरिता मगरले १० रन बनाईन् । बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले ४ ओभरमा २६ रन दिएर दुई विकेट लिन सफल भइन् । त्यस्तै सरस्वती पुन र कृतिका मरासिनीले समान एक–एक विकेट हात पारिन् ।

यसअघि भएको खेलमा प्रदेश–२ ले कर्णाली प्रदेशलाई १४४ रनको फराकिलो अन्तरले पराजित गरेकोे छ । प्रदेश–२ ले दिएको १६६ रनकोे फराकिलो लक्ष्य कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र २२ रन बनाउन सफल भयो ।

कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । प्रतियोगितमा कमजोर भएको कर्णालीले तीन वटै खेलमा लज्जास्पद हार व्यहोरेको छ । बलिङतर्फ प्रदेश–२ का लागि सरस्वती कुमारी र कविता गौतमले तीन–तीन विकेट लिए । त्यस्तै सन्तोषी चौधरी र आरती चौधरीले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको प्रदेश–२ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६५ रन बनायो । प्रदेश–२ का लागि अनुराधाले नट आउट अर्धशतकीय पारी खेलिन् । ६० बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाउन सफल भइन् । प्रदेश–२ का लागि सोभा आलेले २३ रन बनाउँदा बिमला मगर २१ तथा सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् ।

बलिङतर्फ कर्णाली प्रदेशका लागि निशा पराजुलीले दुई विकेट लिन सफल भइन् । त्यस्तै सुजतता बोगटीलले एक विकेट हात पारिन् । प्रदेश २ र कर्णाली प्रदेश यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए ।

योसंगै अब एपीएफले समूह ‘बी’ को उप–विजेतासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै लुम्बिनी प्रदेशले समूह ‘बी’को विजेतासँग खेल्ने छ । प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्प्रर्धा हुनेछ भने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश नम्बर १ सँग हुनेछ ।