पीएम कप

सुदूरपश्चिम र प्रदेश १ को सहज जित


सुदूरपश्चिम र प्रदेश १ को सहज जित

नेपालगन्ज : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश १ ले सहज जित हात पारेकोछ । दाङको लमहीस्थित देउखुरी अन्तराष्ट्रिय सोमबार भएको गण्डकीविरुद्ध सुदूरपश्चिमले र वागमती प्रदेश विरुद्ध प्रदेश १ ले सहज जित हात पारेको हो ।

मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीविरुद्ध ५९ रनको फराकिलो जित हात पारेको छ ।  सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछाएको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ४८ रन बनाउँन सक्यो । गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका लागि सुनीता लुहारले दुई विकेट लिइन् । त्यस्तै कविता कुँवर, रितु कनोजिया र लक्ष्मी सावदले समान एक–एक विकेट लिन सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा अल आउट हुँदै मात्र १०७ रन बनाउन सफल भएको थियो ।

सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक २७ रनको योगदान गरिन् । त्यस्तै कप्तान विन्दु रावलले १३ रन बनाउँदा मञ्जु बोगटी १० तथा रितु कनोजियाले ७ रनको योगदान गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

बलिङतर्फ गण्डकीका लागि अलिसाका लामिछानेले सर्वाधिक तीन विकेट लिएकी छन् । त्यस्तै सरिता पौडेलले दुई विकेट लिँदा अन्जिली विश्वकर्मा, कुसुम गोदार र ज्योतिनिका मरासिनीले समान एक–एक विकेट लिइन् ।

मङ्गलबार भएको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । समूह ‘बी’मा रहेको सुदूरपश्चिमले २ अंक जोड्न सफल भएको छ ।

यस्तै, मङ्गलबार भएको दोस्रो खेलमा प्रदेश १ ले सहज जित निकालेको छ । वाग्मती प्रदेशलाई ४६ रनले हराउँदै प्रदेश १ ले प्रतियोगितामा सहज जित निकालेको हो । प्रदेश १ ले दिएको १०७ रनको लक्ष्य वाग्मती प्रदेशले १६ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ६० रन मात्र बनाउन सफल भयो ।

वाग्मतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउन सफल भइन् । त्यस्तै सुमन खतिवडाले १२ रन बनाउन सफल भइन् । बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले सर्वाधिक तीन विकेट लिन सफल भइन् । त्यस्तै अप्सरी वेगमले दुई विकेट लिन सफल भइन् । प्रदेश १ का लागि सबनम राई, अलिशा खाडियाले एक–एक विकेट लिन सफल भइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाउन सफल भएको थियो । प्रदेश १ का लागि रुविनाले अर्धशतकीय पारी खेलिन् । ५५ बल खेलेकी उनले ६ चौकाको सहयोगमा ५५ रन बनाउन सफल भइन् ।

त्यस्तै अप्सरी बेगमले १६ रनको योगदान गर्न सफल भइन् । बलिङतर्फ आरती बिडारीले दुई विकेट लिन सफल भइन् । त्यस्तै कृष्णा गुरुङ, कप्तान अश्मिना कर्माचार्य र निशा तामाङले एक–एक विकेट लिन सफल भइन् ।

मङ्गलबारको खेलमा जित निकाल्दै प्रदेश १ ले प्रतियोगितामा सहज सुरुवात गरेको छ । प्रतियोगिताको उपाधि दाबेदारका रुपमा छ । प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै दोस्रो खेलमा वाग्मती प्रदेश र गण्डकी प्रदेशले खेल्नेछन् ।