नेपालगन्ज : दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रदेश १ प्रवेश गरेको छ । बुधबार भएको खेलमा वाग्मती प्रदेशले गण्डकीलाई पराजित गर्दा समूह ‘बी’मा रहेको प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने टोलीको भोलि हुने सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीचको खेलपछि टुंगो लाग्नेछ । बुधबार भएको खेलमा वाग्मतीले गण्डकी प्रदेशलाई ६६ रनले हराएको हो ।
देउखुरी स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई जितका लागि दिएको १५४ रनको चुनौतीपूर्ण लक्ष्य गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन मात्र बनाएको हो ।
गण्डकीका लागि कप्तान शिला क्षेत्री सर्वाधिक ३० रनको योगदान गरिन् । त्यस्तै सृष्टी पौड्यालले २६ रन बनाउन सफल भइन् । बलिङतर्फ वाग्मती प्रदेशका लागि कप्तान अश्मिना कर्माचार्य, सुमन खतिवडा, आरती बिडारी र निशा तामाङले समान एक–एक विकेट लिन सफल भइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरको वाग्मतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५३ रन बनाएको थियो । वाग्मतीका लागि विन्दु कटवालले सर्वाधिक ३८ रनको योगदान गरिन् । विन्दुको यो राष्ट्रिय स्तरको प्रतियोगितामा डेब्यु खेल हो । त्यस्तै सुमन खतिवडाले ३१ रन बनाउँदा कञ्चन श्रेष्ठ २७ तथा आरती बिडारीले १० रनको योगदान गरिन् ।
बलिङतर्फ गण्डकीका लागि अलिसा लानिछानेले दुई विकेट लिन सफल भइन् । आजको खेलमा जित निकाल्दै वाग्मतीले प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि आफ्नो सम्भावना जीवित राखेको छ ।
यता गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा दुई खेल खेलेको गण्डकी दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो । समूह चरणबाट गण्डकी बाहिरिँदा प्रदेश १ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’बाट सेमिफाइनमा पुग्ने टोलीको बिहीबार टुंगो लाग्नेछ ।
यस्तै बुधबार भएको प्रतियोगिता अन्र्तगत पहिलो खेलमा प्रदेश नम्बर–१ ले रोमाञ्चक जित निकालेको छ । प्रदेश–१ ले सुदूूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको हो ।
सुदूरपश्चिमले दिएको ५४ रनको सामान्य लक्ष्य प्रदेश–१ ले १५ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा ग¥यो ।
प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । निग्मा तामाङले ७ रन जोडिन् । बलिङतर्फ सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् । कविता कुँवर र कविता जोशीले समान एकरएक विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो । मौसमका कारण केही समय ढिला शुरु भएको खेल १६ ओेभरमा झारिएको थियो ।
सुदूरपश्चिमका लागि कविता जोसिले सर्वाधिक १४ रन बनाइन् । रेवती धामीले ८ रन बनाएको इनिङ्समा डोली भट्टले ५ रनको योगदान गरिन् । बलिङतर्फ प्रदेश–१ की संगीता राईले सर्वाधिक ३ विकेट लिइन् । सवनम राईले २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले समान एक/एक विकेट लिए ।