वाणिज्य बैंकका म्यानेजर र विन्दु चर्ती चढेको जिप दुर्घटना, एक जनाको मृत्यु


वाणिज्य बैंकका म्यानेजर र विन्दु चर्ती चढेको जिप दुर्घटना, एक जनाको मृत्यु

तस्विरः सेतोखरी

नेपालगन्ज: वाणिज्य बैंक धम्बोझी नेपालगन्ज शाखाका म्यानेजर र राप्रपा नेतृ विन्दु चर्तीमगर चढेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको मृत्यु हुन पुगेको छ ।

पूर्व तर्फबाट आइरहेको वाणिज्य बैंकको बा १८ च ३६८६ नम्बरको टाटा सुमो गाडी र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ९७८० नम्बरको ट्रक बाँकेको शम्शेरगन्ज नजिक एक आपसमा ठोक्किएर दुर्घटना हुन पुगेको कोहलपुर ईलाका प्रहरी कार्यालय बाँकेका प्रमुख डिएसपी कुलदीप चन्दले जानकारी दिए ।

वाणिज्य बैंक धम्बोझी नेपालगन्ज शाखाका म्यानेजर विनोद पाण्डे, बाँके राझाँ निवासी राप्रपा नेतृ तथा व्यवसायी विन्दु चर्तीमगर, सोही ठाउँ निवासी उनकै नाता पर्ने संगिता मगर गरी उक्त गाडीमा ३ जना सवार थिए ।

बैंकमा कारोबार गर्नका लागि जग्गा हेरेर फर्कने क्रममा बुधवार राती ८ बजेतिर उक्त दुर्घटना भएको बुझीएको छ । ट्रकले लेन मिचेर सो जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

ठोक्किए पश्चात म्यानेजर सवार जिप डल्लो परेर फनफनी घुमेको र ट्रक चालक भने फरार भएको डिएसपी चन्दले सेतोखरीलाई जानकारी दिए ।

बैंक म्यानेजर पाण्डेको अवस्था सामान्य रहेको छ भने विन्दु चर्तीको टाउकोमा चोट लागेकाले गम्भीर घाइते भएकीछिन् । दुर्घटना पश्चात कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका मध्य गम्भीर घाईते संगिताको रातीनै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चन्दले सेतोखरीलाई जानकारी दिए ।

अर्की घाईते विन्दुलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा रातीनै ल्याइएको छ भने म्यानेजर पाण्डेको अवस्था सामान्य रहेको छ ।