गैँडाको खागसहित नैनबहादुर पक्राउ


गैँडाको खागसहित नैनबहादुर पक्राउ

नेपालगन्ज : कैलालीमा खैरो रङको गैँडाको खागसहित एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वननजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम तौलभएको खैरो रङको गैँडाको खाग एक थानसहित नैनबहादुर कठरियालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार बर्दगोरिया गाउँपालिका–५ निवासी नैनबहादुर कठरियालाई पक्राउ गरिएको जानकारी दिए ।

संघीय प्रहरी ईकाई कार्यालय धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटैको संयुक्त प्रहरी टोलीले कठरियालाई ना३स ५७१८ नम्बरको अटोरिक्सा जाँचका क्रममा उक्त खाग बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बरामद गरिएको खैरो रङको गैडाँको खाग, अटोरिक्सा र कठरियालाई आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय साँडेपानी कैलालीमा बुझाइएको उनले जानकारी दिए ।