छैठौं प्रधानमन्त्री कप महिला भलिबल

प्रतियोगिता भएको दश महिनापछि आयब्यय सार्वजनिक


प्रतियोगिता भएको दश महिनापछि आयब्यय सार्वजनिक

नेपालगन्ज : प्रतियोगिता सम्पन्न भएको दश महिनापछि आयब्यय सार्वजनिक गरिएकोछ । गत वर्ष नेपालगन्जमा सम्पन्न छैठौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको हो ।

आयोजक भलिबल संघ बाँकेका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताको आयब्यय विवरण सार्वजनिक गरेका हुन् । गत वर्ष फागुन महिनामा नेपालगन्ज स्थित रङ्गशालाको कर्भड हलमा उक्त प्रतियोगिता सम्पन्न गरिएको थियो ।

प्रतियोगिता सञ्चालनका लागि २५ लाख ९४ हजार २ सय ९३ रुपैयाँ जुट्दा २५ लाख ४६ हजार ८ सय ८९ रुपैयाँँ खर्छ भएको अध्यक्ष ठकुरीले जानकारी दिए । अध्यक्ष ठकुरीले सातौं प्रतियोगिता पनि आगामी फागुन महिनामै गर्ने गरी तयारीमा जुटेको बताउदै १०१ सदस्यीय मूल समिति बनाएर सातौं संस्करणलाई भब्य बनाइने बताए ।

गत वर्ष कोरोना महामारीका कारण प्रतियोगिता सम्पन्न गर्न केही चुनौती भएकाले यस वर्षको प्रतियोगिता ब्यवस्थित गर्दै पुरस्कर राशी पनि बढाउने उनले जानकारी दिए ।
अध्यक्ष ठकुरीका अनुसार यस वर्षको प्रतियोगिता विजयीलाई ५ लाख पुरस्कार राशीको ब्यवस्था गरिने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

पत्रकार सम्मेलनमा छैठौं संस्करण मूल समिति संयोजक लुम्बिनी प्रदेशकी सांसद् कृष्णा केसी नमुनाले बाँकेको गौरवको रुपमा रहेको यो प्रतियोगितालाई भब्य र सभ्य बनाउने दायित्व सबैको भएको बताईन् ।

यसका आगामी संस्करणलाई सबै बाँकेबासीले अपनत्व गर्ने गरी अगाडि बढाइने भन्दै खेल पर्यटनको विकासका लागि यस खाले प्रतियोगिता कोशेढुंगा सावित हुने केसीको भनाई छ ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ व्यवसायी सञ्जय थापा र मध्यपश्चिम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भिम ओलीले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता बाँकेको शान र पहिचान भएकोले यसको निरन्तरता, ब्यवस्थापन र दीगोपनाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।