४७८ फरार अभियुक्त पक्राउ, ६ महिनामा ८ बन्दुक बरामद
नेपालगन्ज : भन्सार चोरी पैठारीको सामान बरामदबाट बाँके प्रहरीले तीन करोड बढि राजस्व संकलन गरेकोछ । सोमबार जिल्ला प्रहरी कार्यलय बाँकेमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले यस्तो बताएका हुन् ।
उनका अनुसार हालसम्म बाँके प्रहरीले भन्सार चोरी पैठारीको सामान बरामद गरि कारबाही गर्दा तीन करोड २४ लाख १३ हजार ७८ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको हो ।
प्रहरी उपरीक्षक रानाका अनुसार भन्सार चोरी पैठारीको सामान बरामदबाट चालु आर्थिक वर्षको हालसम्म जम्मा एक करोड ८० लाख ७२ हजार २७८ रुपैयाँ राजश्व संकलन गरेकोछ ।
भने पौष महिनाको मध्यसम्म मात्रै ९ लाख २५ हजार ७५० रुपैयाँ राजश्व संकलन गर्न सफल भएको जनाएकोछ । प्रहरी उपरीक्षक रानाका अनुसार यीसहित हाल सम्मको कुल राजश्व ३ करोड २४ लाख १३ हजार ७८ रुपैयाँ संकलन गरेको जानकारी दिए ।
यसैबीच बाँके प्रहरीका अनुसार भन्सार चोरी पैठारीको सामान बरामद गर्नेक्रममा बाँके डुडुवा गाँउपालिका वडा नम्बर –१ खडैचा नाका हुँदै भारत रुपैडिहा बस्ने राहुल गुप्ता र सोही स्थान बस्ने मोहम्मद सकिल खानले भारतीय नम्बरको मोटरसाईकलमा भन्सार छली चोरी पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउदै गरेको मोवाईलका कभर, सिसि, लगायतको एक लाख ३० हजार बराबरको सामान फेला पारी दाखिला गरेको जनाएको छ ।
भने बरामद सामान सहित पक्राउ परेका गुप्ता र खानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज पठाउने तयारी भएको बाँके प्रहरीले जनाएकोछ ।
४७८ फरार अभियुक्त पक्राउ
यस्तै अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका मानिसहरु पक्राउ गर्ने अभियान अन्तरगत सोमबार बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७५ फाल्गुन २९ गतेको आदेशले ६ महिना कैद सजाय भई फरार रहेका कोहलपुर नगरपालिका वडा नम्बर–१ बस्ने आकाश सार्कीलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाउने तयारी भईरहेको जनाएकोछ ।
त्यस्तै चोरी मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७५ पुस १० गतेको आदेशले ११ दिन कैद र १५ हजार जरिवाना भई फरार रहेका कोहलपुर नगरपालिका वडा नम्बर–११ बस्ने सुरज परियारलाई समेत सोमबार पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाउने तयारी भईरहेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख रानाले जानकारी दिए ।
यसैगरी मिति २०७७ मंसिर १२ गते बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलबाट १२ ग्राम ब्राउनसुगर सहित पक्राउ पर्ने सुनिल बोहराको बयान पोलबाट खुल्न आएकी भारत उत्तरप्रदेश जिल्ला बहराईच बाजपुर बनकट्टी थाना सुजौली स्थायी घर भई हाल जानकी गाउँपालिका वडा नम्बर –३ नन्दनी मिल नजिक नास्ता पसल गरि बस्ने ३९ वर्षिया मिना गोडिया भन्ने कैलाशा गोडियालाई सोमबार ईलाका प्रहरी कार्यालय खजुराखुर्द बाँकेको टोलीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।
यस्तै अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका मानिसहरु पक्राउ गर्ने अभियान अन्तरगत बाँके प्रहरीले हालसम्म जम्मा फरार रहेका ४७८ जनालाई पक्राउ गरिसकेकोछ । जसमा अदालतबाट कैद तथा जरिवाना भएका ३८४ जना, मुद्दा मुलतवीमा रहेका ४१ जना तथा चालु मुद्दामा फरार रहेका ५३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकोछ ।
६ महिनामा ८ बन्दुक बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर– १ स्थित दीपक कुमार चौधरी (वर्मा) लाई उनकै पसलबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
चौधरीले सञ्चालन गरेको पसलमा अबैध हातहतियारको कारोबार भईरहेको भन्ने सूचना पाएको बाँके प्रहरीले आईतबार दिउँसो साढे १ बजे विशेष प्रहरी टोली परिचालन गरी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख रानाका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा चौधरीले कम्मरको दाँयातर्फ बेल्टले च्यापी राखेको अवस्थामा एक थान कुटवा पेस्तोल फेला पारेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै बाँकेका प्रहरी प्रमुख रानाले वितेको ६ महिनाको अवधीमा बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद गरेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका अभियुक्त चौधरी सहित विभिन्न अभियोगमा प्रक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ ।
मोटरसाईकल चोरी गर्ने पक्राउ
पुस १९ गते अन्दाजी राती ११ः५० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ गणेशपुर स्थित तन्नु पान पसल अगाडी पार्किङ गरि राखेको उपमहानगरपालिका वडा नम्बर ११ बस्ने जान मोहम्मद जरगरको भे १० प ४७८९ नम्बरको मोटरसाईकल चोरी गर्ने जाजरकोट त्रिवेणी नलगाड नगरपालिका वडा नम्बर ८ बस्ने विपिन बस्नेतलाई पक्राउ गरेको छ ।
२० वर्षिय वस्नेतलाई मोटरसाईकको खोजतलास गर्ने क्रममा मोटरसाईकलसहित पक्राउ गरि आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएकोछ ।
हराएको मोवाईल फेला
बाँके प्रहरीका अनुसार सर्वसाधारण नागरिकलाई छिटो छरितो सेवा दिने अभियान अन्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा हराएका मोवाईल खोजतलास गर्ने कार्यलाई समेत प्राथमिकतामा राखी विभिन्न स्थानमा हराएका मोवाईल खोजलतालस गर्ने क्रममा मोवाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाएकोछ ।
जानकी गाउँपालिका वडा नम्बर २ बस्ने रोहित वर्माको मंसिर १५ गते, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ बस्ने प्रच्युत प्रसाईको कात्र्तिक २६ गते र नेपालगन्ज वडा नम्बर– १८ बस्ने वसन्ती योगीको मंसिर १७ गते हराएको मोबाईल खोजविन गरि पत्ता लगाई सम्बन्धित ब्यक्तिलाई बुझाउन सफल भएकोछ ।
प्रहरीका अनुसार हालसम्म मोवाईल हराएको निवेदन परेको संख्या २३६ जसमा हालसम्म फेला परेको मोवाईल संख्या ५५ रहेकोछ ।
मादक पदार्थ सेवन गरि सवारी चलाउनेमाथी कारबाही
यस्तै पुस १७ गते राती १२ः५५ बजेको समयमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ एसके पेट्रोल पम्प नजिक नेपालगन्जबाट कोहलपुर जाँदै गरेका बर्दिया बढैयाताल गाँउपालिका वडा नम्बर ६ बस्ने राज कुमार वाल्मिकीले मादक पदार्थ सवेन गरि तिब्र गतिमा चलाएको ना ५ ख ५७७३ नम्बरको बसले भे १ त ५१३४ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा बस अनियन्त्रित हुन गई सो नजिकै रहेको वर्णवाल ट्रेड ईन्टेरनेशनल अटो पसल अगाडी रहेका (अटो किन्न गएका) नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ बस्ने विक्रम बृजबासीलाई चोट लागी उपचारका क्रममा मृत्यु भएको घटनामा उक्त बसका चालक राजकुमार वाल्मिकीलाई तत्काल पक्राउ गरि सवारी ज्यान कसुरमा अनुसन्धान भईरहेको जनाएको ।