सीमा मिच्न खोजेपछि नेपाली पक्षले भारतीय सुरक्षाकर्मीले राखेको पोष्ट हटायो


सीमा मिच्न खोजेपछि नेपाली पक्षले भारतीय सुरक्षाकर्मीले राखेको पोष्ट हटायो

नेपालगन्ज : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा मिच्न खोजेपछि नेपाली पक्षले भारतीय सुरक्षाकर्मीले राखेको अस्थायी पोष्ट हटाएकोछ ।

कञ्चनपुरको दशगजा क्षेत्रमा (एसएसबी) ले एकलौटी रूपमा स्थापना गरेको अस्थायी पोस्ट स्थानीय प्रशासनले हटाएको हो ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत पिल्लर नम्बर ३४ देखि ३५ सम्म एसएसबीले राखेका अस्थायी पोस्ट प्रशासनले हटाउन लगाइएको हो ।

भारतीय पक्षले सीमा रेखानजिक अस्थायी पोस्ट स्थापना गरेको थाहा पाएपछि हटाउन लगाइएको बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘दुई/तीन दिनअगाडि पोस्ट राखेको रहेछ । हामीले थाहा पाएपछि हटाउन लगाएका छौं,’ उनले भने, ‘यो विवादित ठाउँ हो । नेपाल सरकारले लालपुर्जा दिएको छ । तर, भारतीयले उपभोग गर्ने गरेका छन् ।’

पोस्ट हटाउन गएको नेपाली टोलीसँग भारतीय एसएसबीले भारतबाट नेपालमा हुने तस्करी रोक्ने पोस्ट राखेको दाबी गरेका थिए । विवादित क्षेत्रमा अस्थायी पोस्ट राखिएको पाएपछि हटाउन लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले बताए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुर र स्थानीयको संयुक्त टोलीले भारतीय एसएसबीलाई अस्थायी पोस्ट हटाउन लगाएको थियो ।

पछिल्ला दिन भारतीय एसएसबीले कुनै न कुनै बहानामा नेपाली भूमि मिच्दै आफ्नो पोष्ट खडा गर्दै आएकोछ ।