नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडाको संज्ञा दिएका छन् ।
कैलालीको धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष माधवकुमार नेपालमाथि यस्तो कटाक्ष गरेका हुन् ।
उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताउँदै भने, –‘तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’
प्रचण्ड–नेपाल समुहप्रति कटाक्ष गर्दै उनले भने –‘बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेका रैछन् ।’
प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिए । पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको स्पष्ट पार्दै उनले प्रचण्डलाई कटाक्ष गरेका थिए ।
उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको दावि गरे ।
उनले ५० वर्षअघि देखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको बताउदँै प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेराले घाम लागेको बेला देख्न नसके’जस्तै सरकारले काम थालेको देख्न नसकेको टिप्पणी गरे ।
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाः कुनै पनि हालतमा पुनःस्थापना नहुने भन्दै देश चुनावमा गइसकेको बताउँदै ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए ।
उनले आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको भन्दै कुनै पनि हलतमा पुनःस्थापना नहुने उनले दावी गरेका हुन् ।
‘६४ प्रतिशतको प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दिएनन् । त्यसैले ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरेको हुँ,’ उनले अगाडी भने, ‘अब प्रतिनिधि सभा पुनःस्थापना हुने अर्को विकल्प छैन । अर्को विकल्प भनेको चुनावपछि आउने प्रतिनिधि सभा नै हो ।’
उनले निर्वाचनका लागि वैशाख १७ र २७ गरी दुई वटा मिति घोषणा भइसकेको बताउँदै सोही मितिमा चुनाव गराउनका लागि निर्वाचन आयोग तयारीमा लागिसकेको जानकारी दिए ।
जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई संघीयता र गणतन्त्रविरोधी भन्नेहरुलाई जवाफ दिँदै आफू गणतन्त्रकै लागि १४ वर्ष जेल बसेको बताए ।
उनले अहिले देशमा अलिकति संकटको अवस्था देखिएको र आफूलाई गणतन्त्र विरोधीका रुपमा चित्रण गर्दै देशबाट गणतन्त्र र संघीयता जाने भयो भन्नेजस्ता कुरा उठेको बताए ।
‘अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ । गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन्’, उनले भने, ‘५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो र ? गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ ।’
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल