नेपालगन्ज : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्न भन्दै प्रधानमन्त्रीलाई भेट्न पुगेका युवा युवतिलाई प्रहरीले पक्राउ गरि थुनिएको छ ।
‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री ओलीले सम्बोधन गरेको सभामा सहभागी ती युवाहरुलाई प्रहरीले पक्राउ गरि थुनेको हो ।
शुक्रबार निर्मला पन्तको न्यायका लागि भन्दै निर्मला पत्नको स्टिकर सहितको टि–सर्टमा आएका ७–८ जना युवा युवतिलाई २ बजे प्रहरीले पक्राउ गरेको थियो ।
नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।
उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले पुष्टि गरे । उनीहरुलाई प्रधानमन्त्री ओली काठमाडौं पुगेपछि मात्रै छोडिएको प्रहरी श्रोतले जनाएको छ ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व