कोहलपुर : बाँकेको कोहलपुरमा जारि कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स प्रवेश गरेका छन् । प्रतियोगिताको उपाधिको लागि शनिवार दिउँसो ११ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमीफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यू दर्पण युथ क्लब तथा बिबी वारियर्सले बिबीसीसी किर्तिपुरलाई पराजित गर्यो ।
कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यू दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो । न्यू दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९.२ ओभरमा ६ विकेट क्षतिमा पुरा गर्यो ।
कोहलपुरको लागि विनायक गिरिले सर्वाधिक १७ रन, अजय शहानीले १३ रन, सन्दिप नेपालीले १२ रन तथा रमेश सिंहले १० रन बनाए । न्यू दर्पणका बलर सिमोन थापा र दीपक राना मगरले समान २–२ विकेट तथा करन भण्डारी र मोहन थापाले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग रोजेको न्यू दर्पणले १३.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन बनाएको थियो । उसको लागि गजेन्द्र ओलीले सर्वाधिक २० तथा दीप राना मगरले १२ रन बनाए । कोहलपुर क्रिकट एकेडेमीका बलर रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले समान २–२ विकेट तथा अजय सहानीले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच रुपेश कुर्मी चुनिए ।
यस्तै शुक्रबार भउको दोश्रो सेमीफाइनल खेलमा बिबि वारियर्सले बिबिसीसी किर्तिपुरलाई ३१ रनले पराजित गर्यो । बिबि वारियर्सले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा बिबीसीसी किर्तिपुरले १५ ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।
उसको लागि सन्दिप कुँवरले सर्वाधिक २२, निरज सिंह धामीले १५, किशन बिस्टले, सौरभ बमले १२ तथा दिपक बोहराले १० रन बनाए । बिबी वारियर्सका बलर आकाश बिस्टले सर्वाधिक ३ विकेट लिए भने सिद्धान्त राज शाही र बिशाल पौडेलले समान २–२ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग रोजेको बिबी वारियर्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १२६ रन बनएको थियो । उसको लागि विजय चौधरीले अर्धशतक बनाउने क्रममा ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए । शाहिद अन्सारीले २६, अनुपम सिंह र प्रनित थापाले समान १६ रन तथा अमर सिंह रौटेलाले १० रन बनाए । बिबिसीसी किर्तिपुरका बलर सौरभ बमले २ विकेट तथा प्रकाश चन्द ठकुरी र निरज सिंह धामीले समान १–१ विकेट लिए ।
यस अघि शुक्रबारनै सम्पन्न चौथो क्वार्टरफाइनलमा बिबिसीसी किर्तिपुरले यस एक्स्पर्टलाई ३२ रनले पराजित गर्यो । बिबीसीसीले दिएको १०० रनको लक्ष्य पछ्याउने क्रममा यस एक्स्पर्टले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।
एक्स्पर्टको लागि शुबेन्दु पाण्डेले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनौं सकेनन् । बिबीसीसीका बलर किशन बिस्टले सर्व्धिधक ३ विकेट तथा निरज सिंह धामी, सौरभ बम र सुरज तिवारीले समान २–२ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको बिबिसीसी किर्तिपुरले १४.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो ।
बिबिसीसीको लागि किशन बिस्टले सर्वाधिक २२ रन, सौरभ बमले १९ रन, सन्दीप कुँवरले १३ रन तथा दीपक बोहराले १० रन बनाए । यस एक्स्पर्टका बलर सन्दीप खत्री र वसन्त रेग्मीले समान ३ विकेट लिए । नासिर अन्सारी, सौगात खत्री, अनिश छेत्री र राकेश गगुप्ताले समान १–१ विकेट लिए । खेलको प्लेयर फ द म्याच किशन बिस्ट चुनिए ।