स्वर्गीय श्याम थापा फुटबल प्रतियोगिता हुने


स्वर्गीय श्याम थापा फुटबल प्रतियोगिता हुने

नेपालगन्ज : पुसको २७ गतेदेखि स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता–२०७७ हुने भएको छ । आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी खजुरा गाउँपालिका–१, सैनिकमा उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी दएको हो ।

यसै क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी श्याम थापाको स्मृतिमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । फुटबलको माध्यमबाट यस क्षेत्रका गाउँ, जिल्ला, क्षेत्र र देशलाई चिनाउने काम गरेका थापा बाँकेको फुटबल क्षेत्रका हस्तीका रुपमा गनिने खेलाडी हुन् । थापाको सम्मानलाई थप गर्विलो बनाउने उद्देशयले उक्त प्रतियोगिताको सञ्चालन गरिन लागिएको हो ।

आगामी मंगलबारदेखि सुरु हुने प्रतियोगितामा भारतीय दुई क्लबसहित १४ क्लबको उपस्थिती पक्का भइसकेकोे आयोजक समितिले जनाएको छ । जसमा मुसुरिया फुटबल एकेडेमी, कैलाली, राजापुर, बर्दिया, युएनविसि, दाङ, एसएसएफय, दाङ, गुर्माकोट, सुर्खेत, चन्द्रनाथ, जुम्ला, सिटि युथ एकेडेमी, कोहलपुर आउने भएका हुन् ।

साथै न्यू डाँफे स्पोर्टस्, डि गाउँ, धम्बोझी स्पोेर्टस् क्लब, नेपालगन्ज, साहारा एफ सी, लखनऊ, साहारा एकेडेमी, लखनऊ, जय किसान स्पोर्टस् क्लब, सैनिक र गौरीगंगा, धनगढीपनि समेल रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जयकिसान स्पोर्टस् क्लब र खजुरा गाउँपालिकाले आयोजना गर्ने स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिता मैटहवा माविको फुटबल मैदान हुनेछ । प्रतियोगितामा बाँके जिल्लाका क्लबहरुलाई प्राथमिकतामा राखिएको छ ।

अनुमानित १२ लाख बजेट रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख पाँच हजार रुपैयाँ पुरस्कार राशी पाउने आयोजकले जनाएको छ । त्यसैगरी उपविजेताले ५५ हजार पाउने छन् ।

खेलमा बेस्ट प्लेयरले १५ हजार रुपैयाँ, हाइस्कोररले १५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माचिरिङ शेर्पाले गर्नेछन् । प्रतियोगितामा पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान उपेन्द्रमान सिंहको पनि उपस्थिति रहनेछ ।