संघर्ष विनाको जिवन सफल हुदैन : केकी अधिकारी


संघर्ष विनाको जिवन सफल हुदैन : केकी अधिकारी

नेपालगन्ज : बासले सञ्चालन गरेको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ युथको २००औं बिशेष श्रृखला नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री केकी अधिकारीको उपस्थितीमा सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथि वक्त्ता केकी अधिकारीले जिवनको संघर्ष, चलचित्र यात्रा र युवा उत्प्रेरणाका बिषयमा बोलेकी थिईन् ।

आफ्नो उत्प्रेरणात्मक मन्तब्यका क्रममा अधिकारीले जिवनमा गरेको संघर्ष सुनाउदै संघर्ष विनाको जिवन सफल नहुने बताईन् । उनले भनिन् जिवनबाट संघर्ष निकाल्ने हो भने जिवन नै खल्लो हुन्छ ।

हरेक ब्यक्तिले सफल हुन र आफुलाई जित्न ईच्छा शक्ति आवश्यक पर्ने भन्दै युवाहरुलाई धैर्यताका साथ निरन्तर काम गर्न अपील गरिन् । २०१० मा चलचित्र क्षेत्रमा पदापर्ण गरेकी केकीले हाल सम्म दुई दर्जन चलचित्रमा अभिनय गरिसकेको बताईन् । ईन्स्पाइरिङ्ग युथ कार्यक्रम आफैमा महत्वपूर्ण कार्यक्रम भएकाले कार्यक्रमको २००औं श्रृखलामा आउन पाउँदा खुसी लागेको उनको भनाई थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले इन्स्पाइरिङ्ग युथ कार्यक्रमले युवाहरुलाई बाटो देखाउने काम गरेको बताए । उनले युवालाई उत्प्रेरणा प्रदान गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना, लागुऔषध विरुद्धका अभियानकर्ता अभिराज क्षेत्रीले छोटो अनुभव सुनाएका थिए ।

बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बासका केन्द्रीय महासचिब शिवकुमार बर्माले स्वागत ब्यक्त गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए ।