नेपालगन्ज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मको ट्विटर अकाउन्टा सधैंका लागि बन्द भएको छ ।
हिंसालाई बढवा दिने आशंका व्यक्त्त गर्दै ट्विटरले उनको यो अकाउन्ट सधैंका लागि बन्द गरिदिएको हो ।
हालका दिनमा राष्ट्रपति ट्रम्पले गरेका हरेक ट्विटहरूको गम्भिर समीक्षा गर्दै सधैंका लागि बन्द गर्ने निर्णयमा पुगेको ट्विटरले जनाएको छ ।
ट्रम्पका समर्थकहरूले संसद कब्जा गरेपछि उनको अकाउन्ट केही समयका लागि बन्द गरिएको थियो। त्यो बेला नै ट्विटरले उनलाई चेतावनी दिएको थियो कि ट्विटरका नियम तोडेमा सधैंका लागि बन्द गरिनेछ ।
बुधबारमात्रै ट्रम्पले आफ्ना हिंस्रक समर्थकहरूलाई ‘देशभक्त्त’ भन्दै ट्विट गरेका थिए। त्यही दिन संसदमा हिंसात्मक घटना भयो जुन दिन जो बाइडेनको जितलाई संसदले अनुमोदन गर्दै थियो ।