हवल्दारपुरका शिक्षक यादवलाई कारबाही गर्ने चेतावनी


हवल्दारपुरका शिक्षक यादवलाई कारबाही गर्ने चेतावनी

नेपालगन्ज : प्रतिबन्धित विप्लब समुह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेका एक शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएकोछ ।

कोहलपुर नगरपालिकाको हवलदारपुरस्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी दिएको हो ।

लामो समयदेखि विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहाले पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उपस्थित नभएर एकै पटक हाजिर लगाई आफ्नो तलब बुझ्ने गरेको गुनासो विद्यार्थी तथा अभिभावकहरूले गरेको भन्दै युुनियनले ध्यानाकर्षण जनाउँदै कारबाहीको चेतावनी दिएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) ले उक्त विद्यालयमा अनुगमन गर्दा शिक्षक यादव विगत २३ दिनदेखि कुनै पनि किसिमको बिदा नलिई तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको प्रमाण भेटाएको दावि गर्दै शिक्षक यादवको हाजिरी पुस्तिकामा हाजिरी गयल प्रमाणित गरि संगठनको छाप लगाइएको विज्ञप्तीमार्फत जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

विज्ञप्तीमा भनिएको छ, ‘शिक्षक यादवलाई सुध्रिन वा राजीनामा गर्नको निम्ति चेतावनी दिन्छौं । साथै निज शिक्षकको अनुपस्थित रहेको सम्पूर्ण दिनको तलब कटौती सहित कडा कारबाहीको लागि सम्बन्धित निकायमा हाम्रो संगठन जोडदार माग गर्दछ ।’

यसअघि, गत मंसिरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेका थिए ।