File Photo
नेपालगन्ज : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीलाई नेपालमा बस्न नदिने बताएकाछन् । प्रधानमन्त्री ओलीले चुनाव नगराउने हुन् कि भन्ने आशंका अहिले जताततै उब्जिरहेको भन्दै देउवाले त्यसो भएमा ओलीले देशै छोड्नुपर्ने स्थिति आउनसक्ने पनि चेतावनी दिए ।
‘अहिले चुनाव हुँदैन कि भन्ने शंकाहरू धेरै आउन थालेका छन् । ओलीले आगामी वैशाखमा चुनाव गराएनन् भने सारा जनतासँग मिलेर काँग्रेसले उनलाई सडकबाटै हटाउनेछ’, उनले भने, ‘चुनाव गराएनन् भने ओलीलाई नेपालमै बस्न नदिने अवस्था आउनसक्छ ।’
सर्वोच्चभन्दा पनि ठूलो अदालत ‘जनता’ भएको भन्दै नेपाली काँग्रेस चुनावमा जान नडराउने उनले बताए ।
संसद विघटन गर्ने ओली सरकारको निर्णयको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘ओलीको कदम असंवैधानिक हो त्यसैले हामीले विरोध गर्नुपर्छ । तर, अदालतको निर्णय पनि मान्नुपर्ने हुन्छ ।’
उनले अहिले नै अदालतलाई बाहिरबाट ‘यस्तो फैसला गर, उस्तो फैसला गर’ भनेर दबाब दिन नमिल्ने बताए । ‘सर्वोच्चले चुनावमा जान भन्यो भने हामी त्यसका लागि तयार भएर बस्नुपर्छ’, उनले भने, ‘किनकी सर्वोच्च भन्दा ठूलो अदालत त जनता हुन् । हामी चुनावमा जान डराउनुहुन्न ।’
बुढानीलकण्ठमा भएको विरोधसभालाई सम्बोधन गर्दै देउवाले कार्यकर्तालाई भने, ‘प्रधानमन्त्री त चुनाव प्रचारमा लागिसक्नुभएको छ हामी किन सुतेर बस्ने ? अब गाउँगाउँ गएर कार्यक्रम गर्नुस् । चुनाव भए त्यसका लागि र नभए आन्दोलनका लागि भए पनि काम लाग्छ ।’
उनले नेकपाको लडाईं अरु केही नभइ प्रचण्ड र ओलीको झगडा भएको पनि प्रष्ट्याए । ‘प्रचण्डजीलाई प्रधानमन्त्री नभइ नहुने, ओलीले छोड्दै नछोड्ने’, उनले भने,‘नेकपाको लडाईं यत्ति हो त्यसैका लागि संसदलाई शिकार बनाए ।’ संसद विघटन विरुद्ध नेपाली काँग्रेसले शनिबार देशभर विरोध कार्यक्रम गरेकोछ ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?