प्रहरी निरीक्षक खड्काले अबैध माछा नियन्त्रणमा लिँदा प्रजिअको स्याबासी पाए


प्रहरी निरीक्षक खड्काले अबैध माछा नियन्त्रणमा लिँदा प्रजिअको स्याबासी पाए

File Photo

नेपालगन्ज : भारतबाट नेपाल भित्राइएको वोन लेस मासु सहित पिक अफ भ्यान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकै भोलीपल्ट वडा प्रहरी कार्यलय नेपालगन्जले ठूला मात्रामा माछा बरामद गरेकोछ ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा गएको टोलीले शनिबार राती १ बजे भारतबाट कपिलवस्तु हुँदै सुर्खेतका लागि लैजादै गरिएको माछा सहितको गाडी नियन्त्रणमा लिएको हो ।

अबैधरुपमा नेपालगन्ज हुदैँ सुर्खेत लैजादै गरिएको १२ क्विन्टल माछा नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि नेपालगन्ज क्वारेन्टाइन कार्यालय बुझाईएको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त १२ क्विन्टल अबैध माछाको खरिद प्रक्रियाको कागजात नमिलेको प्रहरीले बताएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक खड्कालाई स्याबासी दिएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ठूलो मात्रामा अबैध माछा बरामद गरेका प्रहरी निरक्षक खड्कालाई स्याबासी दिएका हुन् । पछिल्लो समय भारतबाट अबैध माछा भित्रिदा जिल्लाका स्थानीय माछा व्यापारी धराशायीमा परेको अवस्थामा माछा बरामद बारेमा प्रजिअ कुरुम्बाङले सर्हानिय कार्य भएको बताएका छन् ।