राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन


राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन

नेपालगन्ज : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।

शाहीको आईतबार राति दैलेखमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिए ।
उनको दैलेखमा आज सोमबार दाहसंस्कार गरिनेछ ।

शाही एक साताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए । विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाही पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन् ।

नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए ।

Kids Festival 2022
kanti aarogya hospital

राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गरेका थिए । त्यसक्रममा उनी सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बने ।
नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष शाही पछिल्लो समय खेलकुद गतिविधिमा निश्क्रिय थिए ।