File Photo
नेपालगन्ज : संविधान सभा सदस्य एवंम नेकपा बाँकेका ईन्चार्ज दिनेशचन्द्र यादव कोरोनाले सिकिस्त हुदाँ उनको स्वास्थ्य अवस्था गम्भीर बनेकोछ ।
कोरोना पोजेटिभ पाइएका यादवको स्वास्थ्य अवस्था जटिल बनेपछि गत पुष १४ गते थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं पठाईएको थियो ।
काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेकपा बाँकेका संयोजक आईपी खरेलले सेतोखरीलाई जानकारी दिए ।
उनका अनुसार यादवको स्वास्थ्य अवस्था शनिबार बेलुकादेखि नाजुक बन्दै गएको हो । स्वास्थ्य अवस्था नाजुक बनेपछि सोहीदिन नै थप उपचारका लागि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोछ ।
सेतोखरीसंग कुरा गर्दै खरेलले भने–‘यादवको स्वास्थ्य अवस्था नाजुक छ । हामीले स्वास्थ्य लाभको कामना गरेकाछौं । डाक्टरले पनि उहाँको स्वास्थ्य स्थिति राम्रो छैन भनेकाछन् ।’
‘स्वास्थ्य अवस्था चिन्ताजनक भएतापनि यादवको मनोबल अत्यन्त उच्च रहेकोछ । मान्छे बाँच्ने भनेको मनोबालले पनि हो ।’ खरेलले भने–‘यादवको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं । यसका लागि आवश्यक पहल गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसंग समन्वय समेत गरेकोछु ।’
स्वासप्रश्वास, विपी र मधुमेह जस्ता रोगबाट पहिलेदेखि नै जकडिएका यादवकोे यसअघि वाइपास सर्जरी गरिएकाले कोरोना भाइरस संक्रमित हुदाँ उनको स्वास्थ्य अवस्था झन जटिल बनेको हो ।
यो समाचार तयार पार्दासम्म संविधान सभा सदस्य यादवको स्वास्थ्यमा सुधार आएको थिएन । यद्यपी उनको स्वास्थ्य चिन्ताजनक रहेकोछ ।