ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु


ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

मार्तडी : बडीमालिका नगरपालिका–९, चौराटी खेतमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४, छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार खाली रहेका ग्यासका सिलिन्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेतनजिकै दुर्घटनामा परी घाइते भएका योगीको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटना हुँदा सडकभन्दा १०० मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । -रासस