पदको लोभका कारण राजनीतिक संकट आइलाग्यो, निर्वाचनको विकल्प छैन : मुख्यमन्त्री पोखरेल


पदको लोभका कारण राजनीतिक संकट आइलाग्यो, निर्वाचनको विकल्प छैन : मुख्यमन्त्री पोखरेल

शिवगंगा आँखा उपचार केन्द्रको भवन उद्घाटनमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । तस्विरः दीपक शर्मा /सेतोखरी

गुलरिया (बर्दिया):  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्वाचनमा जानुको विकल्प नरहेको बताएकाछन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति सदस्य समेत रहेका पोखरेलले आगामी निर्वाचनले नेपालको राजनीतिको दिशा बदल्ने दावि गर्दै कुर्सीका लागि अलमलिने दुश्चक्र तोड्नका लागि भएपनि चुनावको विकल्प नरहेको बताए ।

बर्दियाको गुलरियामा नव निर्मित आँखा अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

अस्पताल उद्घाटनमा बोल्दै उनले भने –‘केन्द्रमा पदको लागी भएको लडाईमा आम सर्वसाधारण नागरिकलाई केहि सास्ती भएपनि नयाँ जनादेशका लागी निर्वाचनमा जानुको विकल्प छैन ।’

Kanti Aarogya Hospital Nepalgunj

देशमा अहिले कालो बादल देखा परेको भन्दै वैशाखमा हुने निर्वाचनबाट त्यो कालो बादल हटेर जाने उनले दावि गरे । सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री केपीशर्मा ओलीलाई जनभावना अनुसार काम गर्ने ईच्छा हुँदाहँुदै पनि पद र प्रधानमन्त्री बन्ने ईच्छाले अरुलाई पनि नचाईदिँदा सरकारले जनभावना अनुसारको काम गर्न नपाएको हुँदा ताजा जनादेशमा जानु पर्ने अवस्था आएको उनले बताए ।

जनता अधिकारले सूसुचित भएको भन्दै अधिकारलाई व्यवहारमा परिर्वतन गर्नका लागी, राष्ट्रलाई सम्बृद्धि बनाउनका लागी निर्वाचनको आवश्यक भएको उनले स्पष्ट पारे ।
मनोनित केन्द्रिय सदस्यलाई सपथ खुवाइयो

यसै विच मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनित गरेका बर्दियाका केन्द्रिय सदस्यहरुलाइ सपथ खुवाएका छन् । पार्टि प्रशिक्षण कार्यक्रममा मनोनित केन्द्रिय सदस्यहरुलाई सपथ खुवाइएको हो । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपि शर्मा ओलीले मनोनित गरेका मध्ये बर्दियाबाट १२ जना परेका थिए ।