देशभर ४३० संक्रमित थपिँदा ५ जनाको मृत्यु


देशभर ४३० संक्रमित थपिँदा ५ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा थप ४३० जना ब्यक्तिमा कोरोना संक्रमण पाइएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ३ सय जनाको पीसिआर परीक्षणमा ४३० जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पीसिआर परीक्षण भएको छ । जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार ३९० जना संक्रमित निको भएसँगै नेपालमा २ लाख ५९ हजार ३ सय ५८ जना व्यक्तिले कोरोना जितेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका अनुसार मङ्गलबार ५ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या एक हजार ९ सय ३२ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार देशभर ४ हजार ४ सय ८ सक्रिय संक्रमित रहेका छन् भने २३६ जना व्यक्ति क्वारेन्टिनमा रहेका छन् ।