पाँच वर्षपछि हत्या अभियुक्त ओली र पाठक पक्राउ


पाँच वर्षपछि हत्या अभियुक्त ओली र पाठक पक्राउ

नेपालगन्ज : नेपालगन्जका चेतन मानन्धरको हत्या मुद्दामा अदालतबाट जन्म कैदको सजाय सुनाइएका नेपालगन्जका हरि ओली र विवाद पाठकलाई प्रहरीले पक्राउ गरेको छ । २०७२ असार २८ गते दिउँसो तीन बजे स्वस्तिक कटेज छेउ खुँडा प्रहार गरेर चेतनको हत्या गरिएको थियो । चेतन हत्या घटना पश्चात फरार रहेका अभियुक्त ३० वर्षिय ओली र ३१ वर्षिय पाठकलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

बाँके प्रहरीका अनुसार उक्त घटनामा १५ जना संलग्न रहेका थिए । त्यसमध्ये नौ जना पक्राउ परेर थुनामा रहेका छन् । दुई जना अहिले पक्राउ परेका छन् । एकजना धरौटीमा छुटेका छन् । तीन जना अझै फरार रहेका छन् ।

फरार रहेका पाँच जनामध्ये दुई जनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गर्न सफल भएको हो । बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेका हुन् ।

उच्च अदालत तुल्सीपुर नेपालगन्ज ईजलाशको मिति २०७६ माघ २८ गतेको आदेशले जन्म कैद भई फरार रहेका ओली र पाठक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेका प्रहरी प्रमुख रानाले अभियुक्तहरु नेपालगन्जमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गर्न सफल भएको बताए । उनले फरार रहेका तीन जनाको खोजी भइरहेको पनि बताए ।

प्रहरीका अनुसार चेतन र उक्त घटनाका अभियुक्तबीच नेपालगन्ज लगायत बाँके जिल्लामा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा विवाद भई पुर्व रिसीईवीका कारण चेतनको हत्या गरिएको हो ।

उक्त घटनाका मुख्य योजनाकार साविक नेपालगन्ज– ५ हाल वडा नम्बर ४ बस्ने योग ढकाल भन्ने रिगल ढकाल लगायत उनका साथीहरु नेपालगन्ज वडा नम्बर ५ बस्ने सोहन सिंह ढकाल (हाल कारागार), नेपालगन्ज वडा नम्बर–१२ माधव परियार (हाल कारागार), नेपालगन्ज वडा नम्बर १८ बस्ने दीपेन्द्र मल्ल ( हाल कारागार), साविक माहदेवपुरी– ४ हाल राप्तीसोनारी गाउँपालिका बस्ने नवराज खत्री (हाल कारागार), नेपालगन्ज वडा नम्बर–२ बस्ने प्रेमध्वज खत्री (हाल कारागार), नेपालगन्ज वडा नम्बर– २ बस्ने मोहललाल खड्का (हाल कारागार), नेपालगन्ज वडा नम्बर २ बस्ने छविलाल बस्नेत (हाल कारागार), नेपालगन्ज ५ बस्ने प्रितम थापा (हाल कारगार), नेपालगन्ज ५ बस्ने विवाद पाठक (पक्राउ ) नेपालगन्ज वडा नम्बर १८ बस्ने हरी ओली (पक्राउ), नेपालगन्ज वडा नम्बर २० बस्ने याम बहादुर बुढा मगर (फरार), साविक महादेवपुरी २ बस्ने केशव बहादुर रोकाय (फरार), नेपालगन्ज वडा नम्बर–१८ बस्ने मनिष चौलागाई (फरार न्युजल्याण्डमा रहेको) र कोहलपुर नगरपालिका वडा नम्बर ३ बस्ने दीपक केसी (रु २० जरिवाना भई जरिवाना तिरेको) बाँके प्रहरी प्रमुख रानाले जानकारी दिए ।

उनका अनुसार उक्त घटनमा संलग्न १५ जना मध्ये हाल १२ जना पक्राउ परि सकेको जसमध्ये ९ जना कारागरामा रहेको र बाँकी ३ जना फरार रहेकोमा १ जना विदेशमा रहेकाले निजलाई नेपालमा ल्याउनेतर्फ ईन्टरपोल मार्फत पत्राचार भएको तथा बाँकी २ जनाको खोजलतास कार्य जारीरहेको छ ।