नेपालगन्ज : नेपालगन्जका चेतन मानन्धरको हत्या मुद्दामा अदालतबाट जन्म कैदको सजाय सुनाइएका नेपालगन्जका हरि ओली र विवाद पाठकलाई प्रहरीले पक्राउ गरेको छ । २०७२ असार २८ गते दिउँसो तीन बजे स्वस्तिक कटेज छेउ खुँडा प्रहार गरेर चेतनको हत्या गरिएको थियो । चेतन हत्या घटना पश्चात फरार रहेका अभियुक्त ३० वर्षिय ओली र ३१ वर्षिय पाठकलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
बाँके प्रहरीका अनुसार उक्त घटनामा १५ जना संलग्न रहेका थिए । त्यसमध्ये नौ जना पक्राउ परेर थुनामा रहेका छन् । दुई जना अहिले पक्राउ परेका छन् । एकजना धरौटीमा छुटेका छन् । तीन जना अझै फरार रहेका छन् ।
फरार रहेका पाँच जनामध्ये दुई जनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गर्न सफल भएको हो । बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेका हुन् ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज ईजलाशको मिति २०७६ माघ २८ गतेको आदेशले जन्म कैद भई फरार रहेका ओली र पाठक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोका हुन् ।
बाँकेका प्रहरी प्रमुख रानाले अभियुक्तहरु नेपालगन्जमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गर्न सफल भएको बताए । उनले फरार रहेका तीन जनाको खोजी भइरहेको पनि बताए ।
प्रहरीका अनुसार चेतन र उक्त घटनाका अभियुक्तबीच नेपालगन्ज लगायत बाँके जिल्लामा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा विवाद भई पुर्व रिसीईवीका कारण चेतनको हत्या गरिएको हो ।
उक्त घटनाका मुख्य योजनाकार साविक नेपालगन्ज– ५ हाल वडा नम्बर ४ बस्ने योग ढकाल भन्ने रिगल ढकाल लगायत उनका साथीहरु नेपालगन्ज वडा नम्बर ५ बस्ने सोहन सिंह ढकाल (हाल कारागार), नेपालगन्ज वडा नम्बर–१२ माधव परियार (हाल कारागार), नेपालगन्ज वडा नम्बर १८ बस्ने दीपेन्द्र मल्ल ( हाल कारागार), साविक माहदेवपुरी– ४ हाल राप्तीसोनारी गाउँपालिका बस्ने नवराज खत्री (हाल कारागार), नेपालगन्ज वडा नम्बर–२ बस्ने प्रेमध्वज खत्री (हाल कारागार), नेपालगन्ज वडा नम्बर– २ बस्ने मोहललाल खड्का (हाल कारागार), नेपालगन्ज वडा नम्बर २ बस्ने छविलाल बस्नेत (हाल कारागार), नेपालगन्ज ५ बस्ने प्रितम थापा (हाल कारगार), नेपालगन्ज ५ बस्ने विवाद पाठक (पक्राउ ) नेपालगन्ज वडा नम्बर १८ बस्ने हरी ओली (पक्राउ), नेपालगन्ज वडा नम्बर २० बस्ने याम बहादुर बुढा मगर (फरार), साविक महादेवपुरी २ बस्ने केशव बहादुर रोकाय (फरार), नेपालगन्ज वडा नम्बर–१८ बस्ने मनिष चौलागाई (फरार न्युजल्याण्डमा रहेको) र कोहलपुर नगरपालिका वडा नम्बर ३ बस्ने दीपक केसी (रु २० जरिवाना भई जरिवाना तिरेको) बाँके प्रहरी प्रमुख रानाले जानकारी दिए ।
उनका अनुसार उक्त घटनमा संलग्न १५ जना मध्ये हाल १२ जना पक्राउ परि सकेको जसमध्ये ९ जना कारागरामा रहेको र बाँकी ३ जना फरार रहेकोमा १ जना विदेशमा रहेकाले निजलाई नेपालमा ल्याउनेतर्फ ईन्टरपोल मार्फत पत्राचार भएको तथा बाँकी २ जनाको खोजलतास कार्य जारीरहेको छ ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?