दाङ र कोहलपुर विजयी


दाङ र कोहलपुर विजयी

नेपालगन्ज : खजुरामा सञ्चालित स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दोस्रो दिन डिएफए दाङ र रेसुंगा साहारा कोहलपुरले आफ्नो विजयी यात्रा शुरु गरेका छन् । प्रतियोगितामा दाङले डिएफए सुर्खेतलाई हराएको हो भने दोस्रो खेलमा कोहलपुरले न्यू डाँफे खजुरालाई पराजित गरेको हो ।

खजुरा गाउँपालिका–१, सैनिकमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा दाङ र सुर्खेतले कुनै गोल गर्न नसकेपछि खेल ट्राइबेगटमा सञ्चालन गरिएको थियो । जसमा दाङले सुर्खेतलाई ६–५ गोल अन्तरले हरायो । खेलभर दबदबा रहेको सुर्खेतले ट्राइबेगटमा हार्न पुगेको हो ।

दाङका तर्फबाट लोकनाथ मगर, किरण योगी, हसेबहादुर ओली, निसान बलान, हरिब मगर र सुरज डांगीले गोल गरेका थिए । सुर्खेत तर्फबाट अजय शाही, बिक्रम ओली, रोशन थापा, सुजन गुरुङ, अनिष गौतमले गोल गरे ।

त्यसैगरी दोस्रो खेलमा रेसुंगा साहारा कोहलपुरले न्यू डाँफे खजुरालाई १–० गोल अन्तरले हरायो । प्रतिस्प्रधात्मक खेल रहेको दुबै टिमले धेरै बललाई गोलमा परिणत गर्न सकेनन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

खेलमा कोहलपुरका ७ नम्बर खेलाडी फोफोनाले गरेको गोल नै अन्तिम निर्णय भयो । फोफोनाले ६७ औं मिनेटमा गोल गर्न सफल भएका हुन् ।

बुधबार हुने प्रतियोगिततको पहिलो खेलमा धम्बोझी क्लब र जय किसान ‘बी’ बिच प्रतिस्प्रधा हुनेछ भने दोस्रो खेलमा साहारा एकेडेमी, लखनउ र युथ क्लब कोलपुरबीच प्रतिस्प्रधा हुने अयोजकले जनाएको छ ।

जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।

नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।

मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।