‘मेरी साथी’संग कुरा गर्न ११४३ डायल गर्नुहोस्


‘मेरी साथी’संग कुरा गर्न ११४३ डायल गर्नुहोस्

नेपालगन्ज : परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ ।

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवाका बारेमा जानकारी दिने उद्देश्यले ११४३ अंकको हेल्पलाईन नम्बर सञ्चालनमा ल्याएको हो ।

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ ।

मेरी स्टोप्स्ले एक विज्ञप्ती जारी गर्दै ११४३ हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्ने जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो ।

११४३ ले ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाने प्रेस विज्ञप्तीमा उल्लेखछ ।

११४३ मा तपाईले हाम्रो ‘मेरी साथी’ काउन्सेलरहरूसँग कुरा गर्न सकिनेछ र उनीहरूले तपाईलाई प्रजनन् सम्बन्धि रोजाईका बारेमा मार्गनिर्देशन दिनेछन् । ‘मेरी साथी’ ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ ।