देशभर ४४५ संक्रमित थपिदाँ थप ५ जनाको मृत्यु


देशभर ४४५ संक्रमित थपिदाँ थप ५ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा ४ सय ४५ जना कोरोना संक्रमित थपिँदा थप ५ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पीसिआर परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ ।

बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु हुदाँ नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ३७ पुगेको छ । भने हाल २ सय ३७ जना क्वारेन्टिनमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital

गत २४ घण्टामा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।