श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता–२०७७

राजापुरको आक्रमक खेलमा युथ स्टार एफसि नेपालगन्जले चार गोल खायो


राजापुरको आक्रमक खेलमा युथ स्टार एफसि नेपालगन्जले चार गोल खायो

नेपालगन्ज : बाँकेमा सञ्चालित स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा राजापुर क्लब, बर्दियाले युथ स्टार एफसि, नेपालगन्जलाई ४–० ले हराउदै विजयी भएकोछ ।

खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रतियोगिताको चौथो दिन राजापुरका लागि जर्सी नम्बर–२ का राजु थारुले एक गोल गरेका थिए ।

त्यसैगरी जर्सी नम्बर ११ का थागु थारुले राजापुरका लागि थप दुई गोल गरे । उनले खेलको ५ औं र ८ औं मिनेटमा गोल गरेका थिए । उनको गोलले थप दवावमा परेको युथ स्टार एफसि नेपालगन्ज आक्रमकरुपमा अघि बढेको थियो ।

आक्रमकरुपमा र निकै प्रतिस्प्रर्धात्मक भएको खेलमा राजापुर क्लबका जर्सी नम्बर १३ का निलम थारुले खेलको ५३ औं मिनेटमा थप एक गोल गरे । थारुको गोल प्रहारसंगै युथ स्टार एफसिले नराम्रोसंग हार ब्यहोर्नु पर्यो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतियोगिताको पाचौं दिन शुक्रबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा शान्ति स्पोटर््स क्लब र गुर्वाकोट क्लब सुर्खेतले प्रतिस्प्रधा गर्नेछन् ।

साथै दोस्रो खेलमा साहारा एफसि लखनउ र चन्दनाथ क्लब जुम्लाबीच प्रतिस्प्रधा हुनेछ ।

जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।

नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।

मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।